IMG-LOGO

गोपाल पौड्याल मन्डनेको शान्ता खण्ड काव्य लोकार्पण

 मंगल, मंसिर ४, २०८१  ---

    अक्षरमार्गले साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको शान्ता खण्डकाव्य हालै एक कार्यक्रम बीच लोकार्पण गरेको छ। पुस्तक लोकार्पण गर्दै वरिष्ठ साहित्यकार ड शैलेन्दुप्रकाश नेपालले शान्ता सुन्दर काव्य सिर्जना विचार व्यक्त गरे । त्यस्तै अर्का साहित्यकार  सूर्यप्रसाद लाकोजूले शान्ता खण्डकाव्य वर्तमान नेपाली समाजको प्रतिविम्ब भएको उल्लेख गर्नुभयो ।

    त्यस्तै काव्यकार गोपाल मण्डनेले वियोगान्त शान्ता खण्डकाव्यले हरेक कुराको समय आउने र कुसमयमा गरेको प्रेम पनि फलदायी नहुने भाव खण्डकाव्यले बोकेको धारणा राख्नुभयो । कार्यक्रममा गीता रेग्मीले टिप्पणी गरेकी थिइन ।

    नेपाली भाषा र साहित्यमा समर्पित अक्षरमार्गले नेपाली वाङमयका मूर्धन्य विद्वानहरूको सिर्जनाका साथसाथै नेपाली साहित्यमा भर्खर कलम चलाएका प्रतिभाहरूलाई समेत अगाडि ल्याउने, साहित्यमा अगाडि बढाउने काम गर्दै आएको छ ।

    काभ्रे जिल्लाको मण्डन देउपुरमा जन्मेका गोपाल पौड्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आउनु भएको छ । उहाँको यो खण्डकाव्यभित्र शान्ताको वियोगान्त कथा छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्