पतंजलि योग समिती काभ्रेको आयोजना तथा जन ज्योती योग साधनाको सहयोजनामा बनेपा न. पा. वडा नं. १० जनागाल स्थित जन ज्योती योग साधना कन्द्रमा यही मंसिर ३ देखी १५ दिनसम्म संचालन हुने १५ दिने सहयोग प्रशिक्षणको पतंजलि योग समिती केन्द्रिय सदस्य तथा बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले उद्घाटन गर्नु भयो । सो अवसरमा प्रमुख अतिथी तौजलेले स्वस्थ समाज निर्माणको लागी जन जन स्थरमा योगको शिक्षा पू¥याउनु पर्ने र यसको लागी आफुले सिकेका योग ध्यान साधनालाई निरन्तरता दिई समाजमा सकारात्मक सन्देश दिन प्रशिक्षकहरुसँग आग्रह गर्नु भयो । महिला पतंजलि योग समिती काभ्रेका अध्यक्ष ईन्दिरा तौजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य पतंजलि योग समिती काभ्रेका उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठले गर्नु भएको कार्यक्रमको उद्घोषण महामन्त्री श्याम कुमार श्रेष्ठले गर्नुभएको उक्त प्रशिक्षणमा ६० जना भन्दा बढी प्रशिक्षकहरुले तालिम लिई रहनु भएको छ ।
साथै यसै गरी यही मंसिर ६ गतेबाट बनेपा न. पा. को काशिभन्ज्याङ्गमा र यही मंसिर ९ गतेबाट पनौति न. पा. को मुक्तिनाथ योग केन्द्रमा पनी १५ दिने सहयोग प्रशिक्षण प्रारम्भ हुने संचार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिनु भएको छ ।
