बन्जारा बन्जाडे समाज नेपाल, काभ्रे जिल्ला कार्यसमितिको छैठौं बार्षिक साधारणसभा शनिबार पनौती न.पा.–४, ज्यालेपाटी स्थित जंगलसाईड रिसोर्टमा काभ्रे जिल्ला समितिका तत्कालिन सचिब देशराज बन्जाराको अध्यक्षतामा प्रमुख अतिथी पनौती नगरपालिका उपमेयर गीता बन्जारा, बिशेष अतिथी समाजका केन्द्रीय अध्यक्ष गीता तिमल्सिना बन्जारा, केन्द्रीय उपाध्यक्ष तारा बन्जाडे, संस्थापक केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बन्जारा, संरक्षक रामकुमार बन्जारा, केन्द्रीय महासचिव दिपेन्द्र कुमार शर्मा बन्जारा, केन्द्रीय कोषाध्यक्ष राज कुमार बन्जारा, केन्द्रीय सचिवालय सदस्य द्वय हिरालाल बन्जारा र पदमलाल बन्जारा (मिलन), बागमती बागमती प्रदेश अध्यक्ष माधब बन्जारा, केन्द्रीय सदस्यहरू निर्मल बन्जारा, भोज ब. बन्जारा, भरत बन्जारा, समाजबाट सम्मानित ब्यक्तित्व एवं केन्द्रीय सल्लाहकार प्रल्हाद के.सी. बन्जारा, संस्थापक एवं केन्द्रीय सल्लाहकार केशब बन्जारा सहित केन्द्रीय सल्लाहकारहरू, पूर्व केन्द्रीय सदस्यहरू, सांस्कृतिक बिभाग केन्द्रीय सदस्य सुशिला बन्जाडे, काठमाडौं जिल्ला अध्यक्ष मनोहर बन्जारा र काभ्रेबासी बन्धुहरूको उपस्थितिमा सम्पन्न भएको थियो । अधिबेशनबाट शिव प्रसाद बन्जाराको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसहमतीबाट निर्बाचित गरेको छ । उपाध्यक्षमा देशराज बन्जारा, सचिवमा केशब बन्जारा, कोषाध्यक्षमा बेद प्रसाद बन्जारा, सदस्यहरुमा श्रीमती समिता बन्जारा, त्रिलोचन केसी बन्जारा, गोकुल बन्जारा र राजकुमार बन्जारा रहनुभएको छ ।
