IMG-LOGO

जिल्ला सहकारी संघ काभ्रेको स्वागत तथा बधाई कार्यक्रम

 मंगल, मंसिर ४, २०८१  ---

    बनेपा – जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको भदौ गत २६ गते भएको बार्षिक साधारण सभाबाट नयाँ संचालक समिति चयन भए पश्चात मनोनित सल्लाहकार तथा नव गठित विभिन्न उपसमिति सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रम संघको आफ्नै सभा हलमा अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ ।

    कार्यक्रमको संचालन संघका सचिव प्रकाश बञ्जाराले गर्नुभएको थियो । भने स्वागत मन्तब्य संघका उपाध्यक्ष शान्ती लामाले राख्नु भएको थियो । लामाले संघले वित्तीय कारोवार राम्रो रहेको र यसलाई थप प्रगती गर्दै जानुपर्ने देखि भौतीक संरचना निर्माणमा ठुलो लागत रहेकोले भवनको खाली रहेको स्थानहरु छिटो भाडामा लगाई आम्दानीको स्रोतलाई मजबुत बनाउनुपर्ने भनाई राख्नु भयो ।

    कार्यक्रममा हालै मनोनित सल्लाहकार मुकुन्द प्रसाद दाहालबाट शुभकामना मन्तब्य राख्नुभएको थियो । भाद्र २६ गते भएको संघको बार्षिक साधारण सभाबाट नयाँ संचालक समिति र लेखा सुपरिवेक्षण समितिको चयन पश्चात मनोनित सल्लाहकार तथा नव गठित विभिन्न उपसमिति सदस्यहरुलाई अध्यक्ष बाट मनोनयन पत्र प्रदान गरिएको जिल्ला सहकारी संघ काभ्रेको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्