IMG-LOGO

चण्डेश्वरी साकोसको स्वास्थ्य शिविर

 मंगल, मंसिर ४, २०८१  ---

    संस्थाको बार्षिक कार्ययोजना अनुरुप श्वाश्थ्य शिविर सम्पन्न भएको छ । चण्डेश्वरी साकोस को आयोजना र ऋध्ऋ पोलिक्लिनिक बनेपाको समन्वय तथा प्राविधिक सहयोगमा पुरुषहरुमा देखिने पिसाव सम्बन्धिको समस्या तथा पोष्टेट क्यान्सरको प्रारम्भिक परिक्षण शिविर संचालन गरिएको थियो । शिविर बनेपा चारदोबाटो स्थीत ऋध्ऋ पोलिक्लिनिक भवनमा सम्पन्न गरिएको थियो । शिविरमा ७२ जना पुरुष सदस्यहरुको रगत परिक्षण मार्फत श्वाश्थ्य परिक्षण गरियको थियो जसमध्य १४ जनामा पिसाब सम्बन्धिको समस्या र पोस्टेट क्यान्सरको सामान्य लक्ष्यणहरु देखिएको हुदाँ औषोधपचारका लागी सिफारिस गरिएको थियो । साथै कात्र्तिक २९ गते बिश्व मधुमेह दिवस परेको हुदाँ ऋध्ऋ पोलिक्लिनिक मार्फत निःशुल्क रुपमा मधुमेह परिक्षण पनि गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्