साहित्यकार सूर्य प्रसाद लाकोजूद्वारा अनुदित कृति डा राजेन्द्र परदेशीका चयनित कथाहरूको प्रकाशन भएको छ । सो प्रकाशित कृतिको लोकार्पण एक समारोह बीच छिमेकी राष्ट्र भारतमा भएको छ । सो पुस्तकको लोकार्पण एक समारोह बीच प्रमुख अतिथि अमलेन्दुअनाथ मिश्र, साहित्यकार डा राजेन्द्र परदेशी, नेपाल साहित्यकार माननीय रेखा यादव, प्रतिभा चौहान कमला तामाङ लगायतले सो पुस्तक बिमोचन गरेका थिए ।
कथासङ्ग्रहमा सङ्ग्रहित कथाहरूमा मानवीय संवेदना, प्रेम भाव, क्रियाशीलता, आत्मीय सम्बन्ध, शोषण रहित समाज, सद्ज्ञान, गरिबी, परिश्रम, विवशता, उदारता, उत्साह, धैर्य, सहिष्णुता,संयम, जस्ता मानव जीवनसम्बद्ध विशिष्ठ आशययुक्त कथाहरू समावेश छन् ।
कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका करिव तीन दर्जनभन्दा बढी साहित्यि कृतिहरू प्रकाशित छन् । त्यतिकै सङ्ख्यामा उनले साहित्यिक कृतिको सम्पादन समेत गरेका छन । सो कथासङ्ग्रह दिल्लीमा रहेको परिन्दे पब्लिसिङ हाउसले प्रकाशन गरेको हो ।
