काभ्रेमा सोमबार थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार १४६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणबाट १ सय जना र एन्टिजेन परिक्षणबाट ४१ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै पनौती निवासी ७१ बर्षीय महिला, नमोबुद्धका ६१ वर्षका पुरुष, तेमालका ८३ वर्षकी महिला, रोशीको ६७ बर्षीय महिला र बनेपाकी ७६ बर्षीय महिलाको कोरोना संक्रमणका कारण हिजो निधन भएको स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
