आन्दोलनका सेनानी कुवेरकृष्ण कायष्ठको ८४ वर्षको उमेरमा धुलिखेल अस्पतालमा उपचारको क्रममा २०८१ मंसिर १ गते निधन भएको छ । राजा महेन्द्रको प्रजातान्त्रिक व्यवस्था विरुद्ध कु पछि २०१७ सालमा २ वर्ष सम्म जेल जीवन भोगेका प्रजातान्त्रिक सेनानी हुन् । प्रजातन्त्रिक सेनानी संघ काभ्रेका निवर्तमान सभापति समेत रहनु भएका कुवेरकृष्णको एक श्रीमती मिरा कायस्ठ दुई छोरा राकेश कायस्ठ, रिकेश कायस्ठ र एक छोरी रेखा कायस्ठ हुनुहुन्छ ।
