रेडियो एबिसी एफएम ८९.८ मेगा हर्जको मातृ सस्था चेतना नेपाल बनेपा –७ का अध्यक्ष रमेश प्रसाद न्यौपानेको सभापतित्वमा तथा रेडियो एबिसीका पूर्व अध्यक्ष तारा नाथ दाहालको आतिथ्यतामा बनेपा पार्टी भेन्युमा शनिबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै अतिथि दाहालले समाजिक सस्थाले जागरण अभियान सन्चालन गर्दै समाजमा देखिएका बेथितिको विरुद्धमा सञ्चारमाध्यमबाट आवाज उठाउनु पर्ने बताउनु भयो । आर्थिक संकट, विविध समस्या हुँदा समेत सामुदायिक रेडियोहरुले नागरिकहरुको आवाजलाई बुलन्द गरेको तर राज्यका तीनै तहका सरकारले रेडियोहरुको वृद्धि बिकासमा सहयोग नपु¥याएकोमा दुःख व्यक्त गर्दै सामुदायिक रेडियो संचालकहरु एकता बद्द भैइ सशक्तरूपमा रेडियोहरुको स्थाइत्वको लागि सरकारलाई नीति निर्माण गर्न दवाब दिनु पार्ने धारणा अतिथि दाहालले राख्नु भयो । संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेले स्वागत गर्नु भएको कार्यक्रममा महासचिव हरिनाथ न्योेपानेले प्रगति प्रतिबेदन र आगामी वर्ष ०८१÷०८२को भाबी कार्य योजना प्रस्तुत गर्नु भयो । कोषाध्यक्ष रमिता मानन्धरले आ.ब. ०८०÷०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भयो । संस्थाको ३ लाख ७२ हजार २ सय ११ बराबरको आ.ब. ०८०÷०८१ को आय ब्यय प्रस्तुत गरेको थियो साधारण सभामा प्रस्तुत गरेका सबै प्रतिबेदन सर्बसम्बतरूपमा पारित गरेको कुरा सस्थाका सचिव गौरव मानन्धरले बताउनु भयो । कार्यक्रममा रेडियो एबिसीका संचालक भोला थापा र चेतना नेपालका पूर्व उपाध्यक्ष डा. सुमनराज ताम्राकार महासचिव मधुसुधान गुरागाइ संस्थाका सदस्यहरुको उपस्थिती रहेको थियोे ।
