IMG-LOGO

बेथानचोक गाउँपालिकाले मुख्य मन्त्री लामालाई ध्यानार्कषण

 मंगल, मंसिर ४, २०८१  ---

    अविरल वर्षातका कारण गत असोज १० देखि १२ सम्म आएको वाढी पहिरोका कारण भएको क्षति र पुणःनिर्माण तथा पुर्नस्थापनाका लागि आवश्यक सहयोग गर्न वेथानचोक गाउँपालिकाले बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिं लामाको ध्यानार्षण गराएको छ । अध्यक्ष भगवान अधिकारीले लिखित जानकारी गराउँदै सहयोगका लागि  अनुरोध गर्नुभयो । वेथानचोक गाउँपालिकामा विपद्बाट १३ जनाले ज्यान गुमाउन पुगेकोमा मृतकका हकवालाले संघीय सरकारको सहयोगमा प्रति परिवार २÷२ लाख रकम राहत प्राप्त भइसकेको, बागमती प्रदेश सरकारबाट प्राप्त प्रति परिवार १ लाखका दरले रकम निकासा भईसकेको, राहतजन्य सामग्री एकद्वार प्रणालीबाट वितरण भएको, पालिका जोड्ने मुल सडक अस्थायी रुपमा सञ्चालनमा आएको, पालिका केन्द्र जोड्ने वडाबाट आउने शाखा सडक सञ्चालनमा आइसकेको, विपद्का कारण विद्युत पोल ३५० भन्दा बढी नष्ट भएकोमा त्यसलाई प्रतिस्थापन गरी प्रत्येक वडामा विजुली बलिसकेको, विपद् व्यवस्थापन सामनाका लागि संघीय सरकार, बागमती प्रदेश सरकार, काठमाण्डौ महानगरपालिका, विभिन्न संघसंस्था र स्थानीय जनसमुदायबाट गरी १ करोड ५७ लाख सहयोग प्राप्त भई विपद् प्रतिकार्य र पुर्नलाभमा १ करोड ४० लाख खर्च भईसकेको बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्