IMG-LOGO

जनचेतना युवा समूहको रक्तदान कार्यक्रम

 मंगल, कार्तिक २७, २०८१  ---

        श्री जनचेतना  युवा  समूह धुलिखेल –८ बडालगाउँको आयोजना र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राबिधिक सहयोग तथा संस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेको सभापतित्वमो  रक्तदान  कार्यक्रम  सम्पन्न भएको छ । संस्थाका सल्लाहाकार साधुराम बडाल, मानार्थ सदस्य कृष्ण प्रसाद शर्माको आतिथ्यता रहेको कार्यक्रममा १६ जनाले रक्तदान गर्नुभएको थियोे । बि .स. २०५३ सालमा स्थापना  भएको संस्थाले २०७३ साल देखि निरन्तर रुपमा रक्तदान गर्दै आएको कार्यक्रम संयोजक सागर सापकोटाले बताउनुभयो । संस्थाका सचिव नबराज बडालका अनुसार सामाजिक बिकास, सांस्कृतिक संरक्षण र जागरण अभियान जस्ता कार्यहरू संस्थाले गर्दै आएको छ । हाल सम्म संस्थामा १ सय ५३ जना आजिबन सदस्यहरु रहेको कुरा संस्थाको उपाध्यक्ष रमेश बडालले बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्