श्री श्वेत गणेश बचत तथा ऋण सहकारी संस्था लि. को १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष त्रिरत्न मानन्धरको अध्यक्षतामा, बनेपा ०८ स्थित संस्थाको सभाकक्षमा सम्पन्न भयो । साधारण सभामा संस्थाका सचिव महेन्द्र बिष्टले संस्थाको गत आ.व. २०८०÷८१ को नीति तथा कार्यक्रमको समिक्षा र आ.व. २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष अर्जुन थापाले संस्थाको आ.व. २०८०÷८१ को आर्थिक प्रगति समिक्षा र आ.व. २०८१÷८२ को आर्थिक कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक हरिसरणज्यूले संस्थाको गत आ.व. २०८०÷८१ को समग्र समिक्षा प्रतिवेदन पेश गर्नु भएको थियो । साधारण सभाले आगमी आव २०८१÷८२ को अन्त्य सम्ममा ५५० शेयर सदस्य पुर्याउने र रू.२.५ करोडको कुल पुँजी पुर्याउने लक्ष्य सहितको वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको जनाएको छ ।
