IMG-LOGO

उग्रचण्डी महिला साकोसको १८ औं साधारण सभा

 मंगल, कार्तिक २७, २०८१  ---

 

        लागँटोल स्थीत नाला उग्रचण्डी भगवती देवानन्द सत्तलमा श्री उग्रचण्डी महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारणसभा सँस्थाको अध्यक्ष सन्ध्या रँजितकारको सभापतित्वमा सम्पन्न भएको समारोहको प्रमुख अतिथि ज्येष्ठ नागरिक गंगालक्ष्मी श्रेष्ठ र बिशिष्ट अतिथि समाजसेवी तथा संस्थाको सल्लाहकार सिद्धिबहादुर कर्माचार्य द्वयले उद्घाटन गर्नु भएको थियो । संस्थाका सचिव राममाया श्रेष्ठले सामुहिक राष्ट्रिय गान प्रस्तुति गर्नु भएर संचालन भएको सभामा संस्थाका उपाध्यक्ष कमला ढुंगाना दाहालले स्वागत मन्तब्य राख्नुभएको थियो । संस्थाको सचिव राममाया श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम र कोषाध्यक्ष मैया दाहालले लेखा परिक्षण प्रतिवेदन तथा आ.व. ०८०÷०८१ को रु १९,३६३,६८१÷८२ को आय व्यय बिवरण र आगामी वर्षका लागि अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो । लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन सदस्य लक्ष्मी श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । साधारण सभाको आकर्षणको रुपमा रहेको नियमित बचत कर्ताः सुमित्रा दाहाल, आवधिक बचतकर्ताः गीता बजगाईं, साधारण बचत कर्ताः गीता श्रेष्ठ,बाल बचत कर्ता ः उषा दाहाल, शेयर खरीद ः अप्सरा श्रेष्ठ र असल ऋणी ः चण्डिका दाहाल सम्पूर्ण महानुभावहरुलाई क्रमशः प्रमुख अतिथि श्री गँगालक्ष्मी श्रेष्ठले टीका र फूलको माला लगाएर सम्मान गर्नु भएको र बिशिष्ट अतिथि समाजसेवी तथा सँस्थाको सल्लाहकार श्री सिद्धिबहादुर कर्माचार्यले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । विशिष्ट अतिथीय मन्तब्य राख्नु हुँदै “आधा आकाश, आधा धर्तीको हिस्सेदार र कर्मशील महिलाहरुले समाजको लागि गुणस्तरीय गतिविधिहरु सँचालन गरेर प्रतिस्पर्धात्मक रुपमा उत्कृष्टता पहिचान दिनु पर्छ भन्नुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्