बनेपा । प्रभात बचत तथा ऋण सहकारी संस्थाको १६ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष सागरनाथ कपालीको अध्यक्षतमा सम्पन्न भएको छ । शनिबार बनेपा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा सहकारीले एक बर्षमा गरेको सामाजिक, आर्थिक प्रगतीको प्रस्तुती बारेमा संस्थाका अध्यक्ष कपालीले संस्थाका शेयर सदस्यहरुको सिप, क्षमता योग्यताको पहिचान र वर्गीकरण गरी आवश्यतअनुसार योजना बनाई लगानीलाई उत्पादनसँग जोड्न सहकारीले काम गरेको बताउनुभयो ।
संस्थाका सचिव सुमन चौ प्रधानले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बलराम मानन्धरले आर्थिक प्रतिवेदनप्रस्तुत गरेका थिए । त्यसै गरी लेखा समितिको प्रतिबेदन संयोजक भरत दाहालले राखेका थिए । संस्थाको कुल शेयर पुजीं ७० लाख, बचत हिसाब ३ करोड २५ लाख ३५ हजार रहेको छ ।कार्यक्रममा उत्कृष्ट बचतकर्ता, असली ऋणी, २०८० को एसईईमा उत्तिर्णलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष फिरोज शाक्यले राख्नुभएको थियो ।
