IMG-LOGO

आवर स्ट्याण्डर्ड साकोसको १ करोड ८३ लाख आम्दानी

 मंगल, कार्तिक २७, २०८१  ---

        बनेपा÷आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ बार्षिक साधारण सभा संस्थाका जेष्ठ सदस्य गौरिशंकर मानन्धरको प्रमुख आतिथ्यता तथा अध्यक्ष रत्नकुश रञ्जितकारको अध्यक्षतामा सम्पन्न भएको छ ।संस्थाले आर्थिक वर्षको अन्त्यसम्मा ८२ लाख ९९ हजार १ सय रुपैयाको शेयर पुँजी संकलन गरेको छ भने १३ करोड २२ लाख ८९ हजार ५ सय ५२ रुपैयाको निक्षेप संकलन गरेको छ । त्यस्तै ५४ लाख रुपैया जगेडा कोषमा राखेको छ । १२ करोड १३ लाख ५२ हजार ३ सय २१ रुपैया ऋण लगानी गरेको संस्थाले १ करोड ८३ लाख १२ हजार ४ सय ९६ रुपैया आम्दानी गरेको प्रवन्धक राजाराम घोरसाईनेले बताउनुभयो ।

        कार्यक्रममा संस्थाका अध्यक्ष रत्नकुश रञ्जितकार, उपाध्यक्ष ठाकुरप्रसाद बजगाई, सचिव बुद्धभक्त रञ्जित, कोषाध्यक्ष सर्जुकुमार रञ्जितकार, लेखा समिति संयोजक सदिना रञ्जित लगायतले संस्थाले गरेका विविध कृयाकलापका साथै आर्थिक, बार्षिक र प्रगति प्रतिवेदनका बारेमा जानकारी गराएका थिए

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्