२०५७ सालमा स्थापना भएको तेजगंगा बहुमुखी क्याम्पसमा कक्षा ११ देखि द्यद्यक्, द्य।भ्म् र द्यब् र ःब् सम्मको अध्ययन गर्ने अवसर प्राप्त हुन्छ । त्यसैगरी उक्त क्याम्पसमा कक्षा ११ मा व्यवस्थापन, मानविकी र शिक्षा संकायको पढाई हुन्छ । शैक्षिक क्षेत्रको विकासमा इटा थप्न सफल तेजगंगा बहुमुखि क्याम्पसको क्याम्पस प्रमुख डा. अम्बु भवानी कार्की विगत २५ वर्षदेखि तन, मन, वचन र कर्मको कार्य, शिक्षकहरुको जम्बो टोलीको लगनशिलतको कारण सामुदायिक क्याम्पस मध्येकै स्तरीय शिक्षा प्रदान गर्ने सवालमा परिचित भएको बताउनु हुन्छ ः क्याम्पस प्रमुख कार्की । सामुदायिक क्याम्पसको सल्लाहकार समेत रहनुभएकी तेजगंगाको क्याम्पस प्रमुख कार्कीसँग शैक्षिक अवस्था, भावी योजनाका सन्दर्भमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
तेजगंगा बहुमुखी क्याम्पसको शैक्षिक स्तरीयतालाई कसरी नियाल्न सकिन्छ ?
ग्रामीण भेग र शहर दुबै क्षेत्रका विद्यार्थीहरुलाई सर्वशुलभ ढङ्गबाट उच्च शिक्षा सिकाई प्रदान गरी मानव चेतना सहित सिप सहितको शिक्षा दिने उद्देश्यको साथ २०५७ सालमा तेजगंगा बहुमुखी क्याम्पस सञ्चालन गरिएको हो । अनुभवी दक्ष शिक्षकहरुबाट अध्यापन गराउँदै आएको यस क्याम्पस विश्वविद्यालय अनुदान आयोग ९ग्न्ऋ० बाट गुणस्तरको ९त्तब्ब्० प्रमाणपत्र प्राप्त गरी सोहि अनुसारको उचित व्यवस्थापनका साथ विद्यार्थीहरुलाई शिक्षा प्रदान गरेका छौँ । विद्यार्थीहरुको क्षमता, रोजाई अनुसार व्यवस्थापन, शिक्षा र आर्टस संकायका विषयहरु छनौट गरी अध्ययन गर्ने अवसर छ । कक्षा ११ देखि मास्टर डिग्री सम्मका कक्षाहरु सञ्चालन गरेर विद्यार्थीहरुको शिक्षण शिकाईलाई ध्यान केन्द्रीत गरेका छौँ ।
शिक्षण सिकाईमा प्रभावकारीता ल्याउन भए गरेका प्रयासहरु के के छन् ?
राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बिक्ने शिक्षा प्रदान गर्ने मुल ध्येयका साथ हामी लागि परेका छौँ । विद्यार्थीहरुको लागि जीवन उपयोगी शिक्षा, उद्यमशिलताको विकास, गरी खाने शिक्षा प्रदानका लागि सामुदायिक क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले सम्वन्धन दिन आनाकानी गरेको छ । आङगीक क्याम्पसहरुलाई प्राविधिक धारका विषयहरु अध्यापन गराउन दिने तर सामुदायिक क्याम्पसहरुलाई सौतेनी व्यवहार गर्ने गरियो । सामुदायिक क्याम्पसहरुको भौतिक पूर्वाधार शिक्षा प्रदान गर्न सक्ने क्षमता हुँदा समेत ९त्ग्० ले प्राविधिक जनशक्ति उत्पादन गर्ने विषयहरु अध्यापन गराउन अनुमति दिएको छैन । यो विडम्बना हो । ग्न्ऋ बाट गुणस्तरको त्तब्ब् प्रमाण पत्र प्राप्त गरी सोहि मापदण्ड अनुसार शैक्षिक क्रियाकलाप सञ्चालन गरेका छौँ । हाम्रो क्याम्पसमा द्यद्यक् र मास्टर डिग्री सम्म नै ९० प्रतिशत विद्यार्थीहरुले अध्ययनमा सफलता हाँसिल गरेका छन् ।
शिक्षण सिकाई मै आफ्नो उर्वरा शक्ति खर्चनु भयो । शैक्षिक विकासको मुख्य चुनौती के देख्नु भयो ?
कक्षा १२ उत्तीर्ण गर्ना साथ विद्यार्थीहरु विदेश पलायन संख्या बढ्यो । देशमा शैक्षिक बेरोजगार वृद्धि हुँदै जानु, सामुदायिक क्याम्पसमा सर्वशुलभ ढङ्गबाट अध्ययन गर्ने अवसर प्रदान गरेको छ तर विद्यार्थीहरु द्यद्यक्, द्यब् र ःब् सम्म नै हाम्रो यतै पनौतीमै अध्ययन गर्ने अवसर हुँदा हुँदै पनि अधिकांस बिद्यार्थीहरु शहर र उपत्यका धाउने गरेको पाइन्छ । नजिकको तिर्थ हेला गर्नु ठिक छैन । नजिकका क्याम्पसमा विद्यार्थीहरुले अध्ययन गर्दा समय बचत, रोजगारीको अवसर प्राप्त हुँदा कार्य गर्ने अवसर हुन्छ भनेर बुझाएका छौँ । हरेक खालका चुनौतीलाई सामना गर्दै सामुदायिक क्याम्पस सञ्चालकहरुले आफ्नो क्षमताले भ्याए सम्म शैक्षिक सुधारका प्रयास गरी शिक्षण शिकाइ गरेको छ । उपत्यका बाहिर द्यद्यब् र टेक्नीकल विषयहरु सञ्चालन गर्न ९त्ग्० ले सम्बन्धन नदिनु न्यायोचित छैन ।
विद्यार्थीहरु विदेश जानबाट रोक्न राज्य, सामुदायिक क्याम्पसले खेल्नु पर्ने भूमिका र समस्या समाधानका उपाय के हुन सक्छ ?
राज्यले शैक्षिक वेरोजगार हटाउन दीर्घकालिन योजना ल्याई स्नातक उतीर्ण गरेका विद्यार्थीहरुलाई विना धितो सहुलीयत दरमा ऋण प्रवाह गरी उद्यमी व्यवसायी बनाउन लाग्नु प¥यो । शिक्षा क्षेत्रमा लगानी बढाएर सरकारी क्याम्पस अंगिक क्याम्पस सरह सामुदायिक क्याम्पसमा अध्यापन गराउने शिक्षकहरुलाई विना भेदभाव सुविधा प्रदान गर्ने अवस्था सृजना गर्नु संघ, प्रदेश र स्थानीय सरकारले शैक्षिक गुणस्तर वृद्धिका लागि र भौतिक पूर्वाधार निर्मांणका लागि आवश्यकताका आधारमा बजेट उपलब्ध गराउने, विद्यार्थीहरुको क्षमता र रोजाइ अनुसार पढ्ने अवसर सृजना गर्ने वातावरण तयार गरेको खण्डमा विस्तार शैक्षिक वेरोजगार कम हुँदै विदेश पलायन रोकीन्छ । “सामुदायिक क्याम्पसहरुले शिक्षण सिकाईमा प्रभावकारीता ल्याउन दिलो ज्यान दिएका छन् । निरन्तर दिन्छन मापदण्ड पुगेका क्याम्पसहरुलाई द्यद्यब् र टेक्नीकल विषयहरु सञ्चालन गर्न अनुमती दिन त्रिभुवन विश्व विद्यालय तयार हुनुपर्छ । सम्बन्धन दिएपछि नियमित अनुगमन गर्ने कार्य गर्नुप¥यो । राज्यले उच्च शिक्षा स्नातक उत्तीर्ण गरी सिपसहितको शिक्षा प्रदान गरेकाहरुलाई मात्र विदेश जाने अनुमती दिएको खण्डमा उत्पादित शैक्षिक जनशक्तिको सहि उपयोग हुन सक्छ ।”
विद्यार्थीहरुले विषय छनौट गर्दा ध्यानदिनु पर्ने सवालहरु के के छन् ?
विद्यार्थीहरुले आफ्नो आर्थिक हैसियत अध्ययन गर्ने क्षमता आफूलाई रुचि भएका विषयको बारेमा ध्यान केन्द्रीत गरी अध्ययन गर्ने विषयहरुको छनौट गर्नुपर्छ । व्यवस्थापन एजुुकेशन, आर्टस वा प्राविधिक धारको विषय छनौट गरी जुनसुकै विषय अध्ययन गर्दा पनि आधा बाटोमा नछोडी सिप सहितको ज्ञान हाँसिल गरी गन्तव्यमा पु¥याउन जरुरी छ । यति गरेमा वेरोजगार बस्नु पर्दैन जीवन यापनमा सहजता प्राप्त हुन्छ । विश्वको जुनसुकै कुनामा गए पनि आफ्नो ज्ञान र सिप उपयोग गरेर जीवनको समृद्धिको यात्रा तय गर्न सकिन्छ ।
सामुदायिक क्याम्पसमा अध्यापन गराउने शिक्षकहरु श्रम सोशणमा परेको गुनासो आउने गरेको छ वास्तविकता त्यस्तो हो ?
सामुदायिक क्याम्पसहरु नाफा मुखी हैनन्, क्याम्पस व्यवस्थापन सञ्चालनमा विद्यार्थीहरुको शुल्कले सञ्चालन हुन्छ । विश्व विद्यालय अनुदान आयोगले भौतिक शैक्षिक सुधारको लागि केहि रकम उपलब्ध गराउँछ । शिक्षकहरुको लागि र शैक्षिक क्रियाकलापमा स्तरीयता वृद्धिको लागि कलेजको आफ्नै श्रोतबाट धान्नु पर्ने हुन्छ । विद्यार्थीहरुबाट लिने न्यूनतम शुल्कबाट कलेज प्रशासन, शिक्षकहरुलाई तलब, शैक्षिक गुणस्तर वृद्धिका लागि सोहि रकमबाट धान्नु पर्ने हुन्छ । सामुदायिक क्याम्पसको आम्दानी अनुसार पारिश्रमीक र सेवा सुविधा दिएका छौँ । शिक्षकहरुको दक्षता, क्षमता लगनशिलता अनुसार पारिश्रमीक दिन सकेको अवस्था छैन । संघ, प्रदेश र स्थानीय सरकारले शैक्षिक गुणस्तर विकासका लागि आर्थिक बजेट हरेक वर्ष उपलब्ध गराउन सक्नुपर्छ देशको शैक्षिक जनशक्ति विकासको लागि भन्न चाहन्छु ।
क्याम्पसका भावी शैक्षिक योजनाहरु के छन् ?
पढ्दै, गर्दै र कमाउँदै गर्ने अवस्था सृजना गर्न राज्यले दीगो शैक्षिक विकास योजना ल्याउन आवश्यक छ । सैद्धान्तिक ज्ञान सहितको शिक्षाले मात्र उच्च शिक्षा अध्ययनबाट उपलब्धी हाँसिल गर्न कठीन छ । अहिलेको उच्च शिक्षा प्रदान गर्ने प्रणाली प्राविधिक कम संैद्धान्तिक बेसी छ । देशको भौगोलिक अवस्था देशको सर्वाङ्गीण विकासको लागि उद्यम शिलतासँग जोडिने रोजगारीको सृजना गर्ने शिक्षा प्रदान गर्नु छ । हामी आगामी वर्षमा द्यद्यब् र द्यक्ऋ।ऋक्क्ष्त् टेक्नोलोजीको विकासमा सहयोग पु¥याउने विषयहरु अध्यापन गराउने योजना छ । त्रिभुवन विश्व विद्यालयमा सम्बन्धनका लागि हामीले विगत लामो समय देखि प्रयास गरेका छौँ । स्वीकृत प्राप्त गर्न सकेका छैनौँ । आगामी दिनमा प्राविधिक धारको विषयहरुमा सञ्चालन गर्ने योजना निर्माण गरेका छौं ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
