IMG-LOGO

लायन्सको स्वास्थ्य शिविर

 मंगल, कार्तिक २७, २०८१  ---

        लायन्स क्लब अफ काठमाण्डौ अटो शोसियल फ्रेन्ड्सको सम्योजनमा दोलखा जिल्लाको विकट गाँउपालिका मेलुङको बुद्धचोक, भेड्पु भन्ने स्थानमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ काठमाण्डौ अटो शोसियल फ्रेन्ड्सको सम्योजनमा लायन्स क्लब अफ भक्तपुर डक्टर्सको २८ जनाको प्रविधिक टिमले विभिन्न आठ प्रकारका रोगहरुको परिक्षण गरेर करिव ८१० जना व्यक्तिहरुलाई सेवा दिनुका साथै निःशुल्क औषधी वितरण समेत गरेको कार्यक्रमका संयोजक तथा डिष्ट्रिक रिजन चियरपर्सन रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

        अधिकांश बृद्ध बृद्धाको उपस्थिती रहेको सो स्थानमा सेवा लिन आउनुभएको थियो । उनीहरु उक्त गाँउपालिकाको वडा नं १ देखी ७ सम्मबाट २ घण्टा सम्म हिडेर आएको वडा नं ४ का अध्यक्ष सोम तामाङले बताउनुभयो ।

        उक्त स्वास्थ्य शिविरमा धेरैजसो आँखारोग, मुटुरोग र हाड, जोर्नीका समस्या भएका विरामीहरु आएका थिए । उनीहरुलाई टोलीले पूर्ण सेवा दिएको थियो । डाक्टर्सहरुको टोलीले, भिडियो एक्सरे, इसिजी, इको, अल्ट्रा साउन्ड, ल्याब लगायतका स्वास्थ्य परिक्षणका सम्पुर्ण सेवाहरु उपलब्ध गराएको थियो । सम्पुर्ण सेवाग्राहीलाई टोलिले स्वास्थ्य परिक्षणका अतिरिक्त आवश्यक परामर्श पनि गरेको थियो ।

        गाँउपालिकाकी कार्यबाहक अध्यक्ष गायत्री आचार्यले सम्पुर्ण अथितीहरुलाई स्वागत गर्नुका साथै पालिकाले २ दिन बस्ने, खाने र यातायातको समेतको व्यवस्था गरेको थियो । लायन्स क्लब अफ काठमाण्डौ अटो शोसियल फ्रेन्ड्सका अध्यक्ष विकल श्रेष्ठले आगामी दिनहरुमा पनि यस्तो सामाजिक कार्यलाई निरन्तरता दिने बताउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्