IMG-LOGO

कुन्ताबेशी योग साधना केन्द्रको प्रथम वार्षिक उत्सव मनाईयो

 मंगल, कार्तिक २७, २०८१  ---

        पंतजली योग साधना केन्द्र कुन्तावेशी योग साधनाको प्रथम वार्षिक उत्सवको मण्डन देउपूर नगरपालिका प्रमुख टोक बहादुर वाईवाले समुद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि वाईवाले योग साधनाले स्वस्थ जीवन जिउन सहयोग पु¥याएको बताउनु भयो । सो अवसरमा विशिष्ट अतिथि मण्डन देउपुर नगरपालिकाका उप–प्रमुख विष्णू माझि नेपालले मण्डनदेउपुर नगरपालिकालाई योगमय नगर बनाउन पंतजली योग समिति काभ्रेबाट विशेष पहल हुने विश्वास व्यक्त गर्नुभयो ।

        विशिष्ट अतिथि पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले स्वस्थ समाज निर्माणको लागि आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो । मण्डनदेउपुर नगरको ७ नं. वडाका वडा अध्यक्ष विष्णू पौडेल, नगर संयोजक सूर्य ढकाल, पंतजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठ, निर्वतमान अध्यक्ष अनु श्रेष्ठ, महामन्त्री द्धय श्याम कुमार श्रेष्ठ र लक्ष्मी उलक, यमुना तिमल्सिना, सहितको पदाधिकारीहरु उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य मिरा सापकोटाले वार्षिक प्रतिवेदन सचिव वद्रिप्रसाद नेपालले र सभापतित्वको आसन कुन्तावेशी केन्द्रका संयोजक बद्रिनारायण श्रेष्ठले गर्नूभएको थियो । उक्त कार्यक्रमको उद्घोषण पंतजली योग समिति काभ्रे जिल्ला समिति सदस्य आनन्द सापकोटाले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्