IMG-LOGO

चौतारी साकोसको १७ औं वार्षिक साधारण सभा

 मंगल, कार्तिक २७, २०८१  ---

 

        भक्तपुर, चौतारी बचत तथा ऋण सहकारी संस्था लिको १७ औं वार्षिक साधारणसभा वागमति प्रदेश बचत तथा ऋण सहकारी संस्था लि र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष कृष्णगोबिन्द लाखाजूको प्रमूख आतिथ्यमा तलेजू बैक्वेट राममन्दिर भक्तपुरमा  सम्पन्न भयो ।

        अध्यक्ष लाखाजूले बचत तथा ऋण सहकारी संस्था लिको साधारणसभालाई सदस्यहरुको महासभाको रुपमा संम्बोधन गर्दा राम्रो हुने विचार राख्नु हुन्दै यस सभामा सदस्यहरुले संस्थाका सम्बन्धमा भए गरेका निणर्यहरुमा सहमति, विमति र आप्mनो यथोचित मागहरु पनि राख्ने पाउने अवसर भएका कारण उपस्थित भई कार्यक्रम सफल गर्नुपर्ने बताउनु भयो ।

        उहाले महासभा मार्फत सदस्यहरुलाई सहकारी वितिय साक्षरता कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औल्याउनु हुन्दै सहकारी साक्षरता कार्यक्रमको अभावमा गलत ब्यक्तिहरुले लाभ उठाइरहेको छ, भन्नु भयो ।

        कार्यक्रममा सूर्यविनायक नगरपालिका सहकारी विभागका प्रमूख राजेन्द्र कुमार श्रेष्ठले सहकारीका सम्बन्धमा छलफल गर्ने दिनै साधारणसभा रहेको, संस्थाका सदस्यहरु पनि सजग र सचेत हुन अनुरोध गर्नुहुन्दै नगर कार्यक्षेत्रभित्रका सहकारी संस्थाहरुको अनुगमन र निरिक्षण गरिरहेको बताउनुभयो । केही सहकारीको कारण सहकारी क्षेत्र नै बदनाम हुने अवस्था रहेको बताउनु हुन्दै सहकारीका माध्यमबाट छिमेकी देशहरुको आर्थिक, सामाजिक विकासबाट समृद्धि आएको सिक्न सकिने बताउनु भयो ।

        शुवेक्षा बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष विश्वराम लवजूले चौतारी बचत तथा ऋण सहकारी संस्था लि समुदायमा आधारित रहेको संस्था रहेको कारण यसरी गर्वका साथ उपस्थित रही कार्यक्रम गरीरहेको र सदस्यहरुले संस्था समुदायमा आधारित रहेको वा नरहेको भेद छट्याइ आर्थिक कारोवार गर्नु पर्ने तर्फ सचेत गर्नुभयो ।

        वार्षिक साधारणसभाको अवसरमा जेष्ठ सदस्यहरुलाई पनि अध्यक्षबाट दोसला ओढाई समान गर्नु भएको थियो । कार्यक्रमका अध्यक्ष पुष्पदास श्रेष्ठ, उपाध्यक्ष पाण्डब सुवाल, सचिव रामशरण त्वाती, कोषाध्यक्ष गंगाबहादुर फाजू, लेखासुरिवेक्षण समितिको तर्फबाट सदस्य शिवराम श्रेष्ठ र ऋण सुपरिवेक्षण समितिका संयोजक पुरुषेतम ङाखुसी समेतले आ–आप्mनो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मत रुपमा पारित गर्नुभयो । साथै कार्यक्रममा सल्लाहकार सदस्य सरोज खोतेजा र सपना बाडेले समेत बोल्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्