IMG-LOGO

सूर्य लाकोजू दार्जलिङमा सम्मानित

 मंगल, कार्तिक २७, २०८१  ---

        सूर्यप्रसाद लाकोजू छिमेकी राष्ट्र भारतको दार्जलिङमा सम्मानित हुनुभएको छ । उहाँसँगै भारतकै गायिका सिमरन गुरुङ पनि सम्मानित भएका थिए । उहाँहरू दुबैलाई सावाली प्रकाशनले सम्मान गरेको हो । साहित्यकार लाकोजूलाई भारत नेपाल हस्ताक्षर सेतु सम्मानबाट र सिम्रन गुरुङ्लाई बिनोद स्याङ्देन स्मृति सम्मानबाट सम्मानित गरिएको थियो । दुबै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि दिलकुमारी भण्डारी, सावली प्रकाशनका अध्यक्ष सुभद्रा बन्जनले संयुक्त रूपमा नगदसहित सम्मान अर्पण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि दिलकुमारी भण्डारीले नेपाली भाषा सुन्दर रहेको र भारतमा अन्य भाषाले जस्तै नेपाली भाषाले सम्मान पाएको बिचार व्यक्त गरे । लाकोजूले साहित्य सिर्जना चेतनाको कर्म हो । यो अनुत्पादक क्षेत्र होइन भन्ने विचार राखे । सावली प्रकाशनका अध्यक्ष सुभद्रा बम्जनले साहित्यले मनहरू जोड्ने काम गरेको विचार राखे ।

        लाकोजूले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन । कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक , अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका करिव तीन दर्जनभन्दा बढी साहित्यि कृतिहरू प्रकाशित छन् । त्यतिकै सङ्ख्यामा उनले साहित्यिक कृतिको सम्पादन समेत गरेका छन । त्यसो त उनी साहित्यिक पत्रकार पनि हुन । श्री लाकोजूले नेपाली भाषा र साहित्यको उन्नयन, साहित्यिक संगठन र साहित्यिक पत्रकारिताको माध्यमबाट पु¥याएको योगदान का लागि नगदसहित सो सम्मान प्रदान गरिएको हो । सोहि अवसरमा साहित्यकार सुभद्रा बमजनको हस्ताक्षर संवाद नामक पुस्तक लोकार्पण पनि भएको थियो । उक्त पुस्तकमा नेपाल र भारतका गरी ३१ जना स्रष्टाहरूको अन्तर्वार्ता समावेस गरिएका छन ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्