IMG-LOGO

बागमती प्रदेश बचत संघ प्रोस्कूनमा पुन ः उद्धवको नेतृत्व

 मंगल, कार्तिक २७, २०८१  ---

        वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कूनको) चौथो बार्षिक साधारण सभा बानेश्वर काठमाण्डौ आनन्द इभेन्टमा शुक्रबार सम्पन्न भयो। संघका अध्यक्ष उद्धव सापकोटाको सभापतित्व तथा भूमि व्यवस्था सहकारी तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रि बलराम अधिकारी प्रमुख अतिथी हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्रि अधिकारीले अहिले देखिएको विसम संकटको परिस्थिति सहकारी संस्थाहरुमा आर्थिक अपचलनबाट पिडित बचत कर्ता र शेयर धनि मर्कामा परेको यथार्थ हामी  सामु छ वेथिति पूर्वक आर्थिक अनुसाशन विपरित कार्य गर्ने गराउने जो कोहिलाई कानुनी कठाघरामा उभ्याइने बताउनु भयो । सहकारी क्षेत्रमा आएका समस्या हल गर्न, सहकारी क्षेत्रको दिगो  विकास गर्न अवश्यक पर्ने कानुन संसोधन गर्न सरकार तयार रहेकोले विषयगत संघहरुले सहकारी ऐन परिमार्जन गर्दा समग्र सहकारी क्षेत्रको उथ्थानको लागि के के गर्नुपर्ने हो । त्यसको बारेमा  लिखित सुझाब दिन मन्त्री अधिकारीले निर्देशन दिनुभयो । पूर्व मन्त्री तथा सहकारी विज्ञ केशब बडालले आर्थिक क्षेत्रको विकासको ३ खम्बा मध्ये एक खम्बा सहकारी रहेको धेरै सहकारीहरुले सामाजिक र आर्थिक विकासमा सहयोग पुरÞ्याएको केही सहकारीहरुले सञ्चालकहरुले सहकारीको भूमिका खेली रकम दुरुपयोग गरेकोले समस्या आएको बताउँदै बदमासी गर्ने जो कोहिलाई दण्ड दिन राज्य तयार रहेको बताउनु भयो । बागमती प्रदेशका १३ जिल्लाका ५ सय ३३ सहकारीहरु आवद्ध रहेका संस्थाहरुको सहभागीता रहेको कार्यक्रममा सहकारी अभियान कर्मीहरुको सहभागिता रहेको थियो । महासचिव जिवसराज खडकाले प्रगति तथा भावि कार्य योजना, कोषाध्यक्ष केशवप्रसाद दंगालेले आ.व. ०८०÷०८१ को लेखापरीक्षण र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समिति संयोजक देवप्रसाद त्रिपाठीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि. अध्यक्ष ओमदेवी मल्ल, प्रदेश सरकार रजिस्टार राजन पोखरेल, नेफ्सकून अध्यक्ष चन्द्र ढकाल, बागमती प्रदेश सहकारी संघ लि. अध्यक्ष रामशरण शर्मा घिमिरे, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक परितोष पौडेल लगायतको आतिथ्यता रहेको थियो । संघको ७ करोड ४८ लाख ८८ हजार ४ सय शेयर पूँजी संकलन, ३ अर्ब ५४ करोड ५१ हजार ४ सय ८९ बचत निक्षेप संकलन, १ करोड ४७ लाख ८४ हजार ४ सय ६८ खुदमुनाफा कमाउन सफल भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत केशव दाहालका अनुसार आवद्ध रहेका प्रारम्भिक सहकारी संस्थाहरुको दिगो विकास र स्थायित्व, सञ्चालकहरु कर्मचारीहरुको क्षमता विकास जस्ता कार्यक्रमहरु र सहकारी ऐन, नियम, कानुनको बहस पैरवी गर्ने कार्य गर्दै आएको वताउनुभयो । उक्त साधारण सभाले उद्धव सापकोटाको नेतृत्वमा आगामी ४ वर्षको लागि कार्यसमिति सर्वसम्वत चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष जिवसराज खड्का, महिला उपाध्यक्ष कल्पना श्रेष्ठ, महासचिव गोविन्द प्रसाद काप्mले, सचिव ठाकुर प्रसाद बास्कोटा, कोषाध्यक्ष प्रदिप थापा, सञ्चालक सदस्यहरु बिकास बादे, लेमन श्रेष्ठ, कृष्ण गोबिन्द लाखाजू, हरिचन्द्र सुवेदी, नवराज शर्मा, निर्मला धिताल, जगन्नाथ दाहाल, कृष्णहरि कोइराला, हेम बहादुर कार्की, भवानी देवी अधिकारी र शान्तलक्ष्मी खड्गी, त्यस्तै गरी लेखा सुपरीवेक्षण समिति संयोजकमा देवप्रसाद त्रिपाठी, सदस्यहरु कमला खनाल बोगटी र सरस्वती कतिला सर्वसम्वत चयन भएको हो । उक्त समिति आगामी ४ वर्षका लागि रहने छ ।

जिल्ला बचत संघ काभ्रे लगायत सम्मानित

        प्रोस्कूनलाई विभिन्न किसीमबाट योगदान गर्ने सहकारी संस्था र प्रतिनिधिलाई सम्मान गरेको छ । पूर्व मन्त्री एवं सहकारी विज्ञ केशव बडाल, बचत कारोबारमा उत्कृष्ट गरेकोमा जिल्ला बचत संघ काभ्रे, उत्कृष्ट लगानी कर्तामा ज्योति मिर्मिरे सामुहिक साकोस पनौतीलाई सम्मान गरेको छ । त्यसै गरी वागमती प्रदेशको उत्कृष्ट व्यवस्थापकको रूपमा विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत के वि लामा स्याङ्तान, नेपाल पत्र न्युजका माधव खडका लगाएत सम्मानित हुनु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्