IMG-LOGO

ब्रम्हाकुमारी राज योग सेवा केन्द्र धुलिखेलको रजत जयन्ती समारोह

 मंगल, कार्तिक २७, २०८१  ---

        ब्रम्हाकुमारी राज योग सेवा केन्द्र धुलिखेलले रजत जयन्ती समारोह शनिबार धुलिखेल नगर सभा हलमा सम्पन्न भयो । डा. राजदादी माँको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतम, धुलिखेल नगरपालिका नगर प्रमुख अशोक व्याञ्जु, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, ब्रम्हाकुमारी राज योगमा आवद्ध रहेका देशका प्रमुख शहरका राजयोगीहरुको कार्यक्रममा सहभागीता रहेको थियो । ब्रम्हाकुमारी राज योग सेवा केन्द्र धुलिखेलकी लक्ष्मी दीदीले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा कविता घिमिरेले स्वागत नृत्य प्रस्तुत गर्नु भएको थियो । ब्रम्हाकुमारी राज योग केन्द्रीय उपाध्यक्ष राम सिंह ऐर लगायतको मन्तव्य राख्नु भएको थियो ।  मनरुपी संसारलाई लोभ, क्रोध, मोह र आक्रोस त्यागी शुख शान्तिमा रुपान्तरित गर्ने सत्कर्म गर्ने धैर्यता कायम राख्ने पुण्य कर्मबाट अनुकरण गर्न सकेको कृतिको छाप समाज र देशको लागि दिन सक्नु नै महानता रहेको, धर्म, संस्कृति, संस्कार भेष भुषालेमात्र सबै मानवको पहिचान कायम हुने कुरा आत्यत्मीक चेतना फैलाउने दिग्गज व्यक्तिहरुले समारोहमा आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्