IMG-LOGO

अजिमा साकोसमा सोक सुधारको नेतृत्व

 मंगल, कार्तिक २७, २०८१  ---

        अजिमा बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १७ औँ साधारण सभाले सोक सुधार भैलको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । उपाध्यक्ष सुभद्रा श्रेष्ठ, सचिव गोपाल भक्त बैदार, कोषाध्यक्ष अशोक रत्न शाक्य, सदस्यहरु पार्वती जोशी, रामगोपाल तौजले, विठल सिकु, निभा श्रेष्ठ र कन्चन नापीत रहनु भएको छ । त्यसै गरी लेखा सुपरिवेक्षण समिति संयोजकमा पूर्णकाजी शाक्य, सदस्यहरु रविन भैल र बासना श्रेष्ठ रहनु भएको लेखा सुपरीवेक्षण समिति सर्वंसम्मत चयन भएको छ । संस्थाका उपाध्यक्ष गोपाल भक्त बैदारको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उदराम कायष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कायष्ठले सहकारी संस्थाहरु नीति विधि पद्धतीमा, समुदायमा आधारित रहेकाहरुमा वित्तीय समस्या नआएको बताउनुभयो । समन्वय, सहकार्य र एकताबाट सहकारी सञ्चालकहरु आर्थिक अनुशासनको विधिमा बाँधिनु पर्ने प्रमुख अतिथि कायष्ठले उल्लेख गर्नुृभयो । जिल्ला बचत संघले प्रारम्भीक सहकारी संस्थाको दीगो विकास स्थायित्वका लागि सञ्चालकहरु र कर्मचारीहरुलाई समय सापेक्ष तालिमको प्रवन्ध गर्दै आएको प्रमुख अतिथि कायष्ठले बताउनुभयो । उक्त साधारण सभामा सचिव साकेसुधारभैलले प्रगति तथा भावि कार्य योजना, कोषाध्यक्ष इभा श्रेष्ठले आ.व. ०८०÷०८१ को लेखापरीक्षण समिति र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समिति संयोजक पूर्णकाजी शाक्यले तयार पारेको प्रतिवेदन लेखा सदस्य बासना श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नुभयो । ७ सय ८९ सदस्यबाट १ करोड ४७ लाख ३० हजार ९ सय शेयर पूँजी संकलन गरेको छ । ८ करोड ८७ लाख ६ सय ९७ बचत निक्षेप संकलन गरी १२ करोड ८७ लाख १८ हजार ८ सय ३१ ऋण लगानीमा रहेको छ । ३ करोड २ लाख ८० हजार ६ सय २९ कुल सञ्चालन आम्दानी गरेको छ । कार्यक्रममा काभ्रेटाइम्स साप्ताहिकको कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने, चेष्टा साप्ताहिकका सम्पादक मोतिराम तिमल्सिना, सल्लाकारद्वय हरी भक्त भोछिभोया, रामेश्वर मकै श्रेष्ठ, बालभक्त प्रधान लगायतको आतिथ्यता रहेको थियो । सदस्यको तर्फबाट इन्द्रनारायण भैलले मन्तव्य राख्नु भएको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्