शीर मेमोरीयल एड्भेन्टिस्ट अस्पतालको बहिरंग सेवा भवनको शिलान्यास गरिएको छ । बनेपाका समाजसेवी राजभाई प्रधानले भवनमा आमाबुबाको नाम राख्ने गरी पहिलो चरणमा २ तल्ले भवन निर्माणको लागि निजि खर्च गर्नुहुनेछ । ५ करोड ५० लाख खर्च हुने चार तल्लाको भवन निर्माणको शिलान्यास दाता राजभाई प्रधानका मामा ९१ बर्षिय तत्तराज बन्तले गर्नुभयो । बहिरंग भवन अस्पतालले खरिद गरेको जग्गामा निर्माण हुनेछ । अस्पतालका कार्यकारी प्रमुख डा.हेक्टर गायरसको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, वडा अध्यक्ष बलराम अधिकारी, बरिष्ठ साहित्यकार मोहन दुवाल, अस्पतालका संचालकहरु लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । राजु सरकारले सन्चालन गर्नुभएको कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख सुन्दर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
