पंतजली योग पिठ हरिद्धार भारतबाट नेपालका विभिन्न स्थानमा गएको वाढि पिडीतहरुको लागि पठाईएको राहत सामाग्री काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डे, रोशी गाउँपालिका र बेथान्चोक गाउपालिकाका पिडीतहरुलाई पंतजली योग समिति काभ्रेबाट उक्त सामान वितरण गरिएको छ। सो सामाग्रीमा कम्बल, म्याट, चामल, तेल, भाडाकुडाँ, चिउरा लगायतका रहेको छ । उक्त सामग्री वितरण पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेको नेतृत्वमा जिल्लाका पदाधिकारीहरु, काठमाडौँ, भक्तपूर र ललितपूर जिल्लाका पदाधिकारी सहितको टोलीले सम्बन्धित नगरपालिकाका वडाअध्यक्षहरु संगको समन्वयमा बास्तविक पिडितहरुलाई सामाग्री वितरण गरिएको थियो । ज्ञात रहोस् पंतजली योग पिठ हरिद्धारले यस भन्दा अगाडी ०७२ सालको भुकम्प जादा, जाजरकोटको भुकम्प गएको वेलामा समेत यस्तै राहत सामग्री उपलब्ध गराएको थियो । सो राहत सामग्री वितरणको लागि पंतजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य, बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, नि.व. अध्यक्ष हरिशरण श्रेष्ठ, अनु श्रेष्ठ, उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठ, कमला राजभण्डारी, युवा नेपाल अध्यक्ष रमेश श्रेष्ठ, महामन्त्री द्धय श्यामकुमार श्रेष्ठ, लक्ष्मी उलक, संगठन मन्त्री कान्छा कुमार श्रेष्ठ, पूण्य श्रेष्ठ लगायतका योग पदाधिकारीहरुले निकै सामिप्यताका साथ वितरण कार्यमा योगदान पु¥याएको थियो ।
