IMG-LOGO

ज्येष्ठ नागरिकको दोस्रो अधिवेशन

 मंगल, कार्तिक १३, २०८१  ---

 

     बनेपा नगर पालिका १४ वडा कार्यालय, बहुउद्देश्यीय भवन साँगामा क्रियाशील नमुना ज्येष्ठ नागरिक समितिको दोस्रो अधिवेशन समितिका अध्यक्ष शान्ता कार्कीको सभापतित्वमा शुक्रबार सम्पन्न भएको छ ।

    कार्यक्रममा बनेपा नगर पालिका मेयर शान्ति रत्न शाक्य प्रमुख अतिथि उप प्रमुख विमला सापकोटा दाहाल विशिष्ट अतिथि साथै ज्येष्ठ नागरिक जिल्ला मञ्चका सचिव दिल बहादुर लामा, १४ वडा अध्यक्ष टुल्कु लामा, वडा सदस्य श्री कृष्ण प्रधान, मेयर शान्ति रत्न शाक्यले ब्यानर पढेर कार्यक्रमको उदघाटन गरेका थिए ।

     वडा अध्यक्ष टुल्कु लामाले स्वागत मन्तव्यका साथ आफ्नो भनाइहरू राखेका थिए । उप मेयर विमला सापकोटाले ज्येष्ठ नागरिकहरूमा आफ्नो तर्फबाट सधैँ साथ सहयोग र सम्मान रहने बताउनु भयो । साथै ज्येष्ठ नागरिकहरूको हक अधिकारको व्याख्या गर्दै वहाँहरुलाई पर्न आउने जुन सुकै समस्याहरू नगर र वडाबाट साथ सहयोग रहने प्रतिबद्धता जनाउनु भयो । मेयर शान्ति रत्न शाक्यले बनेपा नगरको विवादित पुरानो इतिहास खोज्न ज्येष्ठ नागरिकहरूको साथ चाहिएकोले ज्येष्ठ नागरिक भनेका देशको जिउँदो इतिहास हुन् वहाँहरूलाई सहयोग गर्न आफू सदैव तयार रहेको बताउनु भयो ।

     वडा सदस्य श्री कृष्ण प्रधानको रोहबरमा शान्ता कार्की कै अध्यक्षता नयाँ १५ सदस्यीय कार्य समिति चयन गरिएको छ ।  कार्यक्रमको सञ्चालन जयदेश श्रेष्ठले गरेका थिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्