IMG-LOGO

लालिमा साकोसमा कृष्ण प्यारीको नेतृत्व

 मंगल, कार्तिक १३, २०८१  ---

 

     लालिमा बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको ८ औं साधारण सभा संस्थाको अध्यक्ष डा. केवी मानन्धरको सभापतित्वमा शनिबार सम्पन्न भयो । कोषाध्यक्ष निराजन रंजितले आ.व. ०८०÷०८१ को, लेखा परीक्षण प्रतिवेदन र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । सचिव हरिकृष्ण रंजितले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समिति संयोजक सृजन शाक्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । ९० लाख ३७ हजार २०० शेयर पूँजी भएको संस्थाको कुलकारोबार ४ करोड १६ लाख ५० हजार ३०० रहेको छ । उक्त साधारण सभाले कृष्ण प्यारी नकर्मीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्बत चयन गरेको छ । उपाध्यक्ष पदमा निराजन कारञ्जीत, सचिवमा हरिकृष्ण रंजित, कोषाध्यक्षमा प्रतिभा श्रेष्ठ, सदस्यमा केशव श्रेष्ठ, रामेश्वर प्रजापती र बबी श्रेष्ठ, त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक पदमा सृजन शाक्य, सदस्यमा करुण कायष्ठ र बचन नापित सर्वसम्वत चयन हुनुभएको छ ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्