पतञ्जली योग पिठ हरिद्धार भारतबाट नेपलमा वाढी पहिरो प्रभावित नागरिकहरुलाई राहत उपलब्ध गराउने सन्दर्भमा शुक्रबार पनौती नगरपालिकालाई राहत सामाग्री उपलब्ध गराएको छ । कार्यक्रममा क्याप्टेन रामेश्वर थापा, पतञ्जली योग समति बागमती प्रदेश प्रमुख ग्रुवेन तौजले, हरिद्धारबाट पुज्या स्वाधवी देवा दीती देवादीदी, पनौती नगरपालिका वडा नं. १ अध्यक्ष जयकुमार तामाङ, वडा नं. २ का अध्यक्ष पुरुषोतम अधिकारी, वडा नं. ३ का अध्यक्ष विष्णु सापकोटा लगायतको उपस्थिति रहेको थियो । २ सय पाकेट खाद्य सामाग्री सहित ब्लाङ्केट, तेल, भाडा वर्तनका सामाग्रीहरु वाढी पहिरोप्रभावित नागरिकहरुलाई वितरण गरेको कुरा कर्मचारी केशव कर्माचार्यले बताउनुभयो । पनौती वडा नं. २ मा वाढी पहिरोले ६० घर पुर्ण क्षति, ७ घर बगाएको, १ विद्यालय बस्न अयोग्य भएको र पठनपाठन गर्न अप्ठेरो परेको जनाएको छ । पनौती वडा नं. ३ मा १५ पूर्ण क्षति १ सय जति घर बस्न अयोग्य भएको वडा अध्यक्ष विष्णु सापकोटाले बताउनुभयो । पनौती वडा न. २ मा २ जना मानिस, ७ भैसी, ९ वटा गाई, ८ वटा बाख्रा पहिरोमा परी मरेका छन् ।
