मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १८ औँ वार्षिक साधारण सभा जिल्ला सहकारी संघ काभ्रेको अध्यक्ष अमन पोटेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष शरण कुमार मानन्धरको सभापतित्वमा शक्रबार सम्पन्न भयो । बनेपा वडा नं. ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धर, बनेपा नगरपालिका सहकारी शाखा प्रमुख दिनेश पोखरेल, काठु गणेश बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष हरिगोपाल मानन्धर, न्हुजः साकोस बनेपाका दिपक कर्मी मानन्धर संस्थाका सल्लाहकारद्वय जीतेन्द्र नकर्मी र रामप्रसाद मानन्धर लागायतको आतिथ्यता रहेको थियो । संस्थाका सचिव गोविन्द प्रसाद राजचलले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष सजन मानन्धरले आव ०८०÷०८१ को लेखा परीक्षण प्रतिवेदन तथा आगामी वर्षको बार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक विनोद श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । ७ करोड ५१ लाख १२ हजार १ सय ४६ कुल कारोबार रहेको संस्थाको शेयर पूँजी १ करोड १ लाख ५६ हजार ५ सय रहेको छ । १५ करोड ६४ लाख ५० हजार २ सय ५५ निक्षेप संकलन यस वर्ष थप ३ करोड ४२ लाख २९ हजार ६ सय ४० ऋण लगानी गरी, ५ करोड २४ लाख २३ हजार ३ सय ऋण लगानीमा रहेको संस्थाले जनाएको छ । १ करोड २७ हजार ५ सय आम्दानी गरेको संस्थाको १३ हजार ३ सय ७९ नाफा कमाउन सफल भएको छ । संस्थाको जगेडा कोष १८ लाख ६५ हजार ८ सय ५४ रहेको संस्थाले जनाएको छ । संस्थाकी सहायक प्रवन्धक शान्ता कर्माचार्यका अनुसार संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम, सदस्यहरुको लागि स्वास्थ्य शिविर जस्ता कार्यक्रम गर्दै आएको बताउनुभयो ।
