मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २९ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्तिक ७ देखि ९ गतेसम्म सेवा केन्द्रहरुमा संचालित सभा शनिबार बनेपामा आयोजना गरेको हो । जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष बालकृष्ण दाहालले सभापतित्व गर्नुभएको थियो ।
साधारण सभाले गोपालप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ समिति सर्वसम्वत चयन गरेको छ । समितिको उपाध्यक्षमा विदुरप्रसाद घिमिरे, सचिव नवराज आचार्य, कोषाध्यक्ष विकास शर्मा तिमल्सिना रहेका छन् । सदस्यहरुमा मुक्तिनाथ तिमल्सिना, राजु दाहाल, राजेश तिमल्सिना, लक्ष्मणप्रसाद पौड्याल, शोभा गौतम, सुधा दाहाल र सुर्यप्रसाद काफ्ले रहेका छन् । लेखा तथा सुपरिवेक्षण समितिमा देवप्रसाद कोईरालाको संयोजकत्वमा सुन्दर श्रेष्ठ र कमला सापकोटा सदस्य छन् । निर्वाचन समितिमा संयोजक पुजन जंगमको संयोजकत्वमा शंकरप्रसाद दुलाल र गुरुप्रसाद ढकाल सदस्य रहेका छन् । सभामा सचिव होमनाथ ढुङ्गेलले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष विदुरप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मोटप्रसाद सापकोटाले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मनकामनाको संस्थागत पूँजी १४ करोड
९ हजार ९ सय १९ सदस्य रहेको संस्थाको वासलात २ अर्ब २६ करोड ६० लाख ३० हजार ९ सय ५ रहेको प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले बताउनु भयो । १ अर्ब ८३ करोड ८२ लाख ८४ हजार २ सय ६६ बचत, १ अर्ब ७९ करोड ४३ लाख ९६ हजार ऋण लगानी, २५ करोड ३६ लाख १६ हजार ६ सय शेयर पुँजी रहेको संस्थाको संस्थागत पुँजी १४ करोड रहेको छ । संस्थाका उपाध्यक्ष गोपालप्रसाद घिमिरेले स्वागत मन्तब्य राखेको कार्यक्रममा प्रमुख अतिथी जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठ हुनुहुन्थ्यो ।
कार्यक्रममा बनेपा वडा नं. ५ का अध्यक्ष बलराम अधिकारी, संस्थाका सल्लाहकारहरु, पुर्व अध्यक्षहरु, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सह सचिव विकास बादे, शेयर सदस्यहरुको सहभागिता रहेको थियो । सहकारीले सामाजिक सांस्कृतिक आवश्यकता पुरा गर्न निरन्तर लागी परेको विपद सामाजिक उत्तरदायित्व क्रियाकलाप गर्दै आएको छ । जेष्ठ नागरिक, बचत र ऋणमा उत्कृष्टता हाँसिल गरेका, एसइईमा उत्कृष्ट नतिजा ल्याउने र यस वर्षको उत्कृष्ट कर्मचारीमा गंगा घिमिरेलाई समान गरेको छ ।
