IMG-LOGO

एकता साकोसको आम्दानी ३ करोड ४९ लाख

 मंगल, कार्तिक १३, २०८१  ---

 

     बनेपा, एकता बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले ऋण लगानीबाट ३ करोड ४९ लाख ७१ हजार कुल आम्दानी गर्न सकेको कुरा संस्थाकी प्रवन्ध सञ्चालक शर्मिला प्रधानले बताउनुभयो । संस्थाका अध्यक्ष स्वयमकाजी पोटेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष यशोदा पोटेले स्वगत मन्तव्य दिनुभएको थियो । लेखासुपरिवेक्षण समिति संयोजक चिनीकाजी श्रेष्ठले लेखा प्रतिवेदन, सचिव शर्मिला प्रधानले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष विष्णुओम पोटेले आ.व. ०८०÷०८१ को लेखापरिक्षण प्रतिवेदन र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । शेयर सदस्यबाट १ करोड ९५ लाख ६१ हजार २ सय रकम संकलन, १० करोड ६५ लाख ३४ हजार १ सय ३८ ऋण लगानी गरेको जनाएको छ । ३ करोड ४९ लाख ६१ हजार १ सय ३० कुल आम्दानी, ३ करोड ७ लाख २१ हजार ९ सय ६३ खर्च गरी बाँकी रहेको रकम विभिन्न कोषमा जम्मा गरेको छ । गत वर्षको २६ लाख ८२ हजार ३ सय ७ कोषमा, ६ लाख ६८ हजार ९ सय ६९, शेयर लाभांश कोषमा, ८ लाख ४४ हजार ६ सय ७४, संरक्षित पूँजी फिर्ता कोषमा ८ लाख ९० हजार ८ सय ९३ जम्मा गरेको छ । ३३ लाख ५१ हजार २ सय ७६ को जम्मा जगेडा कोष बनाउन सकेको संस्थाको वासलात २५ करोड ६१ लाख ७२ हजार ३६ रहेको छ । ६१ लाख ७२ हजार ३६ रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्