जिल्ला बचत संघ काभ्रेले वाढी पहिरो पिडीतहरुलाई राहात सामाग्री उपलब्ध गराएको छ । गत असोज १० देखि १२ गते परेको अविरल वर्षातको कारण वाढी पहिरोबाट प्रभावित क्षेत्रका नागरिकहरुलाई जीवन सहजता बनाउन सकेको सहयोग उपलब्ध गराउन लागि परेको कुरा संघका अध्यक्ष उदयराम कायष्ठले बताउनुभयो । प्राकृतिक विपत्ती राहतकोष स्थापना गरी २ लाख १ सय ११ कोष स्थापना गरेर अरु प्रारम्भीक सहकारी संस्थाहरुलाई समेत सहयोग गर्न आह्वान गरेको संघका सचिव सुरेन्द्र पौडेलले बताउनुभयो । सरकारले संकट ग्रस्त क्षेत्र घोषणा गरेको काभ्रेका स्थानीय सरकारलाई राहत सामाग्री उपलब्ध गराएको हो । जिल्ला बचत संघ काभ्रेका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालका अनुसार रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नागरपालिकालाई खानेपानी पाईप१ हजार ४ सय मिटरका दरले हाइडेन्सीटी पोलिथिन पाइप उपलब्ध गराएको बताउनुभयो । ती पालिकाहरुको १३ हजार ५ सय घर धुरीले खानेपानी उपभोग गर्दै आएको खानेपानी आयोजना वाढी पहिरोको कारण क्षत विक्षत भई पाइप बगाएर लागेकोले खानेपानी अवरुद्ध भएको जनाएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार ३ सय ५० घर पूर्ण क्षति र ७ सय ५० घरहरु आंक्षिक क्षति पुगेको बताउनुभयो । उद्धार र राहतको कार्य सकिएको र अब पुनः निर्माणको कार्य सुरुवात गर्नु पर्ने बताउनुभयो । हरेक वडामा ६÷७ वटा खानेपानी आयोजना प्रभावित भएको वडा नं. ६,९ र १० नं वडामा विद्युत अवरुद्ध भई सञ्चालन हुन नसकेको अध्यक्ष लामाले बताउनुभयो । त्यस्तै गरी नमोबुद्ध नगरपालिका नगर प्रमुख कुनसाङ लामाले ३ हजार ५ सय घर धुरी भएको यस नगरमा ५ सय २५ घरमा पूर्ण क्षति भएको, ७ जना वाढी पहिरोमा मरी मृत्यु भएको सवै वडाका खानेपानी पाइपहरु क्षतविक्षत भई क्षति पुगेकोले अब यी सबै समस्या समाधान गर्ने पुनः निर्माणको कार्य अघि बढाउन केन्द्र, प्रदेश र स्थानीय सरकार सबै मिलेर लाग्नु पर्ने बताउनुभयो । जिल्ला बचत संघ काभ्रेका बरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले बचत संघले वाढी पहिरो प्रभावित क्षेत्रका नागरिकहरुलाई जीवन सहजताका लागि केहि सहयोग गर्ने योजना अघि सारेको अनुसार गत हप्ता पनौती नगरपालिका वडा नंं ८ का वाढी पिडीत ११ घर परिवारलाई ब्लाङ्केट, म्याट्रेस र भाडावर्तन उपलब्ध गराएको बताउनुभयो । उपाध्यक्ष निर्मला श्रेष्ठले आगामी हप्ता वाढी पहिरोबाट प्रभावित बेथानचोक गाउँपालिकाका नागरिकहरुको लागि पनि राहत सामाग्री उपलब्ध गराउने बताउनुभयो । प्रवन्धक गुरुप्रसाद ढकालका अनुसार बचत संघमा सञ्चालक समितिको १ महिनाको बैठक भत्ता र कर्मचारीहरुको ५ दिनको तलब राहत कोषमा राखेर वाढी पहिरो प्रभावित क्षेत्रमा राहत उपलब्ध गराएको बताउनुभयो ।
