IMG-LOGO

एमालेलाई गुरुङले दिएको जग्गामा संरचना नबनाउन सर्वोच्चको अन्तिरम आदेश

 मंगल, कार्तिक १३, २०८१  ---

 

     सर्वोच्च अदालतले एमालेले उद्यमी, व्यवसापी मिनबहादुर गुरूङबाट दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । ज्ञानबाहादुर बस्नेत र श्यामकृष्ण मास्केले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार सुनुवाइ गर्दै तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश दिएको हो ।

     राज्यका निकायहरूबाट विभिन्न मुद्दामा दोषी ठहर भएका गुरूङसँग सत्तारुढ दलले जग्गा लिएकोमा विरोध भइरहेको छ । एमालेले सहयोग लिन कुनै बाधा नपर्ने भन्दै गुरूङकै बचाउ गरिरहेको छ । एमालेले बल्खुको मित्रनगरमा व्यापारी गुरूङबाट जग्गा लिएको थियो । उक्त जग्गामा एमालेको पार्टी कार्यालय बनाउने भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी गुरूङले भवन शिलान्यास समेत गरेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्