IMG-LOGO

बुद्धचित्तको दाना लुटपाट गरेको आरोपी रामकृष्ण पक्राउ      १२ कात्तिक, काभ्रे । बोधिचित्त (बुद्धचित्त)को दाना लुटपाट तथा विष्फो

 मंगल, कार्तिक १३, २०८१  ---

टक पदार्थसहित आतंक फैलाएको घटनाका आरोपित रामकृष्ण मैनाली भनिने सागर ५ वर्षपछि पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले रामकृष्णसहित विजय हुमागाईंलाई भक्तपुरको जगातेबाट पक्राउ गरेको हो । रामकृष्ण मैनालीले ५ वर्ष अघि बोधिचित्तको रुख लुटपाट गरेको आरोप छ ।

     साथै प्रहरीले समातेको व्यक्ती भेट्न पुगेका प्रताप लामालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउबारे थप विवरण अनुसन्धानको क्रममा रहेकोले सार्वजनिक नगरिएको जिल्ला प्रहरी प्रमुख एस्पी बसुन्धरा खड्काले बताउनु भयो । प्रहरीले घटनाका बारेमा विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । उनीहरुलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

     ५ वर्ष अघि रोशी गाउँपालिका ५ स्थित ठकुरानी तामाङसँग किनेका बुद्धचित्तका दानाहरु लुटेको अभियोगमा २०७७ असोज २६ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता भएको थियो । डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना सम्बन्धी मुद्दामा जिल्ला न्यायाधीश राजेन्द नेपालले सजाय निर्धारणका लागि पेश गर्ने आदेश दिनु भएको थियो ।

     २०८१ बैशाख २५ गते जिल्ला अदालतले उक्त मुद्दामा संलग्नहरुको सजाय निर्धारण गरेको थियो । डाँका, ज्यानमार्ने उद्योग र हातहतियार खरखजनामा एकीकृत कसुर वापत राधाकृष्ण मैनाली सागर, विजय हुमागाईं लगायतलाई  ९ वर्ष कैद र ९० हजार रुपैयाँ जरिवना गरिएको छ ।

     रामकृष्ण मैनालीको हकमा घटनास्थलको सीसीटीभी फुटेजमा हातहितयार जस्तो देखिने वस्तु प्रयोग गरिएको देखिएको हुँदा उक्त वस्तु बरामद नभएको हातहतियार हो भन्ने एकिन नभएकोले हातहतियारतर्फ अनुसन्धान भई एकिन भएका बखत सोतर्फ समेत थप अनुशन्धान गरिने बताइएको थियो ।

 

     दलाई लामाको प्रवचनपछि मूल्य पाएको तिमालको बोधिचित्त घटनास्थलमा फेला परेको जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट, फुटेको अवस्थाको ताल्चा, नेपाल कम्युनिष्ट पार्टीको झण्डा, मट्टितेल जस्तो तरल पदार्थ भरिएको बोतल, भाटा, विस्फोटक पदार्थ डिस्पोज पश्चात परिक्षण भई प्राप्त भएको अवशेष लगायत समाग्री फेला परेका थिए ।

     पाँच वर्ष अघि जुन बोटको बुद्धचित्तका दानाहरु लुटेको थियो त्यही बोट २०८० चैत्र २९ गते राति साढे ११ बजेको समयमा काटिएको थियो । हातहतियार सहित घरको ४ ठाउँमा सकेट बम राखी विद्युतीय आरो प्रयोग गरी बहुमूल्य बोधिचित्तको रुख काटेको अभियोगमासमेत अनुसन्धान अगाडि बढाइने कुरा एसपी बसुन्धरा खड्काले बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्