IMG-LOGO

जिल्ला प्रहरी काभ्रेले ६९ औं स्थापना दिवस मनायो

 मंगल, कार्तिक ६, २०८१  ---

          नेपाल प्रहरीको ६९ औं स्थापना दिवस बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेले मनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा काभ्रे प्रहरीलाई सहयोग पु¥याउने स्थानीय तह, संघ संस्था र व्यक्तिहरुलाई प्रशंसापत्र द्वारा सम्मान गरिएको थियो भने अमर प्रहरी परिवारका परिवारजनलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खड्काले स्वागत मन्तव्यका साथै प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवरको सन्देश वाचन गर्नुभयो । प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले धन्यवाद व्यक्त गर्नुभएको कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेका प्रमुख जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, पुर्व प्रहरी संगठन काभ्रेका उपाध्यक्ष पूर्व प्रहरी निरीक्षक प्रदिप कार्की लगायतले प्रहरीले खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्