राजनीतिक प्रतिसोध साँधेर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरेको भन्दै देशका प्रमुख शहरहरुमा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । रास्वपा जिल्ला समति काभ्रेले पनि शनिबार बनेपामा विरोध ¥याली गरेको छ । जिल्ला पार्टी सहसंयोजक पुण्यमाता घिमिरे, विद्यार्थी नेता बदन भण्डारी, रास्वपा नेता दीनेश हुमागाई, दिपक विश्वकर्मा, क्षेत्रीय सदस्य विएन सापकोटा, पाँचखालका अजिव मिजार, बनेपाका सुरज मकै श्रेष्ठ बिदुर दाहाल लगायतका दर्जनौँ कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रेर नारा जुलुस गरेका थिए । भ्रस्टसरकार मुर्दावाद, गृहमन्त्री रमेश लेखक राजनीमा दे । सहकारी ठगी गर्ने एमाले र कांग्रेसका सबै गिरोहलाई कारवाही गर भन्ने नारा लगाएका थिए ।
