IMG-LOGO

काभ्रे बार अब हरिशरणले हाँक्ने

 मंगल, कार्तिक ६, २०८१  ---

 

 

          नेपाल बार एशोसिएसन काभ्रे इकाईको अध्यक्षमा हरिशरण दाहाल निर्वाचित हुनु भएको हो  । शनिवार धुलिखेलमा भएको निर्वाचनमा निकटत प्रतिस्पर्धी जयराम थापालाई १ मतले पराजित गर्दै दाहाल विजयी बन्नु भएको हो ।

          दाहालले ५८ मत र उनका प्रतिस्पर्धी थापाले ५७ ले मत प्राप्त गर्नुभएको थियो । १ सय २३ मतदाता रहेको काभ्रे वार इकाईमा १ सय १५ मत खसेको थियो । जसको उपाध्यक्षमा निरोजप्रसाद नेपाल, सचिवमा नारायणध्वज तामाङ, कोषाध्यक्षमा मुकुन्द मुनाकर्मी, सह सचिवमा लालतारा अधिकारी र सदस्यहरुमा महेन्द्र तामाङ, दिपेन्द्र दनुवार, सुरेशकुमार केसी, राजेन्द्र पण्डित, सुविस्ता जोशी, सुरज तिमल्सिना, उमा थापा र मिता मानन्धर निर्वाचित हुनु भएको छ । त्यसैगरी पार्षदमा विजयभक्त श्रेष्ठ, श्यामकृष्ण खत्री, कुमारप्रसाद भट्टराई, कुमार थापा, रामप्रसाद मानन्धर निर्वाचित हुनुभयो भने समान मत प्राप्त गर्ने फडिन्द्र कार्की र राज के.सी.ले बराबर कार्यकाल काम गर्नेछन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्