IMG-LOGO

रेडक्रस काभ्रेमा देवेन्द्र

 मंगल, कार्तिक ६, २०८१  ---

          नेपाल रेडक्रस सोसाइटी काभ्रेको निर्वाचनले सभापतिमा देवेन्द्र प्रसाद भैललाई निर्वाचित गरेको हो । निर्वाचित भैलले विदुर प्रसाद घिमिरेलाई ३८ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । भैलले १०३ र घिमिरेले ६५ मत प्राप्त गरेका थिए ।

          त्यसैगरी महिला उपसभापतिमा पुष्पा खड्का बस्नेत, खुल्ला उपसभापतिमा ज्ञानवहादुर तामाङ, मन्त्रीमा राजु सिग्देल, उपमन्त्रीमा प्रदीप के.सी., उपकोषाध्यक्षमा विनोद कोईराला निर्वाचित भएका छन् भने कोषाध्यक्षमा प्रेम कुमार तामाङ सहित महिला सदस्यहरु सजिना श्रेष्ठ, भवानी केसी र शान्ति खत्री निर्विरोध निर्वाचित भएका छन् ।

          त्यसैगरी सदस्यहरुमा रामकुमार श्रेष्ठ, उपदेश भुजेल, माधव प्रसाद नेपाल, बिल बहादुर श्रेष्ठ, दामोदर श्रेष्ठ, कृपेन्द्र श्रेष्ठ र जगन्नाथ गिरी निर्वाचित भएका छन् । कुल मत संख्या १ सय ८२ मा १ सय ७६ मात्रै मत खसेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्