यातायात व्यवस्था कार्यालय बनेपाबाट उपत्यकामा नभएको यातायात सम्बन्धी सेवा प्रवाह गरेको छ । लिलामको बस, गाडी दर्ता सहमती लिएर पास गर्ने कार्य समेत हुने गरेको कार्यालय प्रमुख अनुप ढकालले जानकारी दिनुभयो । बस, ट्रक, कार र मोटर साइकलको राजश्व तिर्ने, लाइसेन्स नविकरण, वर्ग, थप गर्ने प्रतिलिपीको कार्य रुटपरमीट जारी सरुवा सहमती लिएर आएपछि बस ट्रकको पास समेत हुने गरेको जनाएको छ । सवारीकरको पटके काट्ने, बस, कारको प्रदुषण चेक जाँच, चार पाङग्रे यातायातका सबै सेवा प्रवाह सेवा ग्राहीले सेवा प्राप्त गर्न सक्ने छन् ।
७ करोड ११ लाख राजश्व संकलन
२०८१ असार १५ गते देखि यातायात व्यवस्था कार्यालय प्रारम्भ भएदेखि असोज २९ गते सम्मा ७ करोड ११ लाख ५३ हजार ८ सय ९० राजश्व संकलन भएको छ । सवारी नविकरणबाट ३७ लाख २३ हजार ५ सय ९०, सवारीकर तर्फ ५ करोड ८३ लाख ३९ हजार ९० रुपैया, सार्वजनिक सवारी आयकर तर्फ ४८ लाख ३४ हजार १ सय ९५, गत भाद्र ५ गते देखि लाइसेन्स नविकरणबाट २४ लाख, रुट परमिट जारीबाट १७ लाख ७४ हजार १५ रुपैयाँ राजश्व संकलन गरेको कार्यालय प्रमुख अनुप ढकालले बताउनुभयो । सवारी साधन पञ्जीकरणबाट ८३ हजार रकम संकलन भएको छ ।
ड्राइभिङ प्रशिक्षण र घुम्ती सेवा संचालन गर्ने
यातायात व्यवस्था कार्यालय बनेपामा ड्राइभिङ प्रशिक्षण, वर्कसप दर्ता, ट्रक टिपरको लागि विहान र बेलुका थप सेवा प्रवाह गर्ने योजना रहेको समेत जनाएको छ । यातायात क्षेत्रको सेवालाई थप प्रभावकारी बनाउन सिन्धुपाल्चोक, दोलाखा र रामेछाप सेवा केन्द्र समेत सञ्चालन गर्ने योजना रहेको कार्यालय प्रमुख ढकालले उल्लेख गर्नुभयो । सवारी साधन पञ्जीकरण २ सय ८३, सवारी साधन दर्ता, नीजि १ सय १०, भाडाको ४८, सरुवा सहमती २ वटा भएको यातायात व्यवस्था कार्यालय बनेपाले जनाएको छ ।
