IMG-LOGO

हाम्रो सरोकारको तनाव विषर्जन कार्यक्रम

 मंगल, असोज २२, २०८१  ---

       हाम्रो सरोकार संस्थाको आयोजनामा तनाव व्यवस्थापन र आत्मनि जस्ता आजका आवश्यकता विषयक अभिमुखिकरण कार्यक्र बनेपा नगरपालिकाको  सभा हलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सम्झना खतिवडाको सभापतित्व तथा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका १४ वडाका दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेख्य उपस्थिति थियो । काभ्रे लगायत देशको धेरै तह बाढीपहिरोको पिडामा रहेको र मान्छे मानसिक तनावमा रहेको कारण तनाव विर्सन गरी जीवनशैली सन्तुलन कसर िसहजता प्रदान गर्न कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष खतिवडाको भनाई छ ।

       अभिमुखिकरण कार्यक्रममा प्रमुख प्रशिक्षक नेपाल टेलिभिजनका कार्यकारी निर्माता दिपक समिर, प्रशिक्षकद्वय  संगिता के.सी थापा र खुसी मानवले तनाव विर्सन कसरी गर्न सकिन्छ भन्ने विषयमा सभा सञ्चालन गरेका थिए । संस्थाका सचिव मञ्जु आचार्य घिमिरेले सञ्चालन गरेको कार्यक्रममा वडा अध्यक्षको तर्फबाट बनेपा–१० का वडा अध्यक्ष चन्द्र व. खड्का, सामाजिक अभियन्ता भवराज शाह लगायतले मन्तव्य राख्दै अरु राम्रा र सृजनात्मक कार्यक्रम गर्न संस्थालाई शुभकामना दिएका थिए । कार्यक्रम सफल बनाउन उपाध्यक्ष सेवक श्रेष्ठ, सह सचिव इश्वर के.सीले प्राविधिक सहयोग र कार्यसमिति सदस्य जीनेश रत्न शाक्य, वशवती कार्की लगायत संस्थाका अन्य सदस्यहरुले विशेष सहयोग रहेको थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्