IMG-LOGO

“ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड”को पदयात्राको वृतचित्र हलमा प्रदर्शन

 मंगल, असोज २२, २०८१  ---

       “ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड”को पदयात्रा सम्बन्धि बृत्तचित्र सनिबार बागबजार स्थित ऋष्तथ mबह अष्लझब हलमा प्रदर्शन गरिएको छ । त्रिभुवन बिश्वबिद्धालय ग्रामीण बिकास केन्द्रिय बिभागका उप–प्रा. डा. राजन बिनाएक पासा र धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरी मा बिका शिक्षक लिला बहादुर बिश्वकर्माले गत बर्ष कात्तिक १३ गते सुरु गरेर २७ जिल्ला ४१ दिनमा पार गरेका थिए । छोटो समयमै यात्रा पार गर्न,पदयात्रा गर्न चाहाने पदयात्रीलाइ आकर्षित गर्न, सो रुटमा पर्ने स्थानीयको जनजिविकाको अवस्था अध्ययन अनुसन्धान गर्न, सहज रुट पहिचान गर्न, साथै वृतचित्र निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उदेश्यले पदयात्रा गर्नुभएको थियो । वृतचित्र निर्माता राजन बिनाएक पासाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, विशेष अतिथी पर्वतारोही माया गुरुङ, ग्रामीण पर्यटनविद प्रा डा प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका प्रमुख बेग प्रसाद गर्बुजा, पर्यटनविद भरत प्रशाद बडाल लगायत पर्यटन व्यावसायि तथा सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा राना मगरले शिक्षक पेशामा रहेर केही गरौ भन्ने हुटहुटीले गरेको महान पदयात्राको लागी प्रसम्शा गर्दै फेरि पनि यस्ता काम निरन्तरता दिन आग्रह गर्नुभएको थियो। पर्वतारोही माया गुरुङले राज्यले गर्नुपर्ने काम ब्याक्तीले आफ्नै खर्चमा गर्दा पनि राज्यले बेवास्ता गरेकोमा दुखेसो गर्दै राज्यले पर्यटनसंग संबंधित काम गर्दा पर्यटन बिज्ञसंग मिलेर काम गरे फलदायी हुने बिचार राख्नुभयो। प्रा डा प्रेम शर्माले २१ औ शताब्दीमा शिक्षण पेसा व्यावहारिक बनाउनु पर्ने बताउँदै यस्ता वृत्तचित्रले नयापुस्तामा आकर्षण बढ्ने बताउनुभएको थियो । कार्यक्रममा पदयात्री लिला बहादुर बिस्वकर्माले पदयात्राको उदेश्यमाथि प्रस्ट पार्नुभयो । कार्यक्रममा बोल्दै पदयात्री तथा बृतचित्र निर्माता डा राजन बिनायक पासाले सम्पुर्ण आतिथीलाई मौसमको विषमता हुदाँहुदैपनी आउनुभएका सम्पुर्ण दर्शक तथा अतिथीहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कामलाइ निरन्तरता दिने बताउनु भएको थियो। कार्यक्रमको सन्चालन दुर्गाराज पान्डेले गर्नुभएको थियो । यो साहसीक पदयात्रा सम्बन्धि वृतचित्र चबवबल उबकब थ्यगतगदभ ऋजबललभ िमार्फत हेर्न सकिने उल्येख गरेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्