भोमी बहुउद्देश्यीय सहकारी संस्था लिको २६ औँ वार्षिक साधारण सभा गत असोज १९ गते बनेपा वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संस्थाका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव कान्छा कुमार श्रेष्ठले प्रगति तथा भावि कार्य योजना र कोषाध्यक्ष गणेश नारायण जोशीले आ.व. ०८०÷०८१ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो । लेखा संयोजक प्रदिप कुमार भैलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । १ करोड ४७ लाख ९१ हजार ३ सय शेयर पूँजी संकलन, १३ निक्षेप संकलन, ११ करोड १० लाख ९४ हजार ७ सय ४ ऋण लगानी गरेको कुरा सस्थाको प्रवन्धक सुनैना श्रेष्ठले बताउनुभयो । १ करोड ५३ लाख ९९ हजार ७० जगेडा कोष रहेको संस्थाले जनाएको संस्थाका उपाध्यक्ष हरिवहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रममा ऋण उपसमितिको संयोजक सत्यनारायण भालुले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बाल बचत उपसमितिका संयोजक अञ्जना श्रेष्ठ (जस्पाउ) र महिला उपसमितिका संयोजक मिनु रञ्जीतले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भयो । उक्त साधारण सभाले हरिवहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । उपाध्यक्ष गणेश नारायण जोशी, सचिव कान्छा कुमार श्रेष्ठ, कोषाध्यक्ष कैलाश पलाञ्चोके श्रेष्ठ, सदस्यहरुमा नारायण भालु, मोहन कृष्ण श्रेष्ठ, मिलनराज श्रेष्ठ, डा. हरि प्रसाद मानन्धर र रामशरण श्रेष्ठ निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुन्दर प्रसाद कारञ्जीत, प्रतिप कुमार भैल र सु्रेन्द्र कायष्ठ रहेको लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ ।
