आय आर्जन बचत तथा ऋण सहकारी संस्था लिको १५ औँ वार्षिक साधारण सभाले डोरनाथ गोतामेको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ । उपाध्यक्ष संजीता दनुवार, सचिव सृजना परियार, कोषाध्यक्ष जयराम घिमिरे, सदस्यहरु विष्णुप्रसाद न्यौपाने, रामहरी अधिकारी, मैनाशाही ठकुरी, निरोज आचार्य, कृष्ण प्रसाद सिग्देल रहनु भएको छ । ध्रुब प्रसाद अधिकारीको संयोजकत्वमा रामप्रसाद अधिकारी र मनकुमारी दनुवार रहेको लेखा सुपरिवेक्षण समिति आइतबार सम्पन्न साधारण सभाले निर्वाचित गरेको हो । पुष्पराज थापा अधिवक्ता निर्वाचित समिति संयोजक रहेको गायत्री प्याकुरेल बडाल र राजु सिग्देलको समितिले निर्वाचित कार्य समितिको घोषणा गरेको हो । संस्थाका अध्यक्ष अर्जुन सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिको कोषाध्यक्ष सम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । जिल्ला समन्वय समिति काभ्रेका सदस्य अप्सरा ढुङ्गाना, प्रेस सेन्टर नेपाल बागमती प्रदेशका अध्यक्ष यदुनाथ गौतम लगायतले मन्तव्य राख्नु भएको थियो । संस्थाका सचिव राजु सिक्देलले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नृुभयो । कोषाध्यक्ष यु्वराज प्याकुरेलले आ.व. ०८०÷०८१ को लेखापरिक्षण प्रतिवेदन र आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समिति संयोजक जयराम घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋण, उत्कृष्ट बचतकर्ता लगायतलाई सम्मान गरिएको थियो । यस वर्षको उत्कृष्ट कर्मचारीमा मञ्जु शाहलाई सम्मान गरिएको थियो । संस्थाका निवर्तमान अध्यक्ष अर्जुन सापकोटा, जिल्ला सहकारी संघ काभ्रेको कोषाध्यक्ष पदमा निर्वाचित हुनु भएकोले सहकारी ऐन २०७४ र सहकारी नियमावली अनुसार एक व्यक्ति एक सहकारी संस्थामा मात्र सञ्चालक आवद्ध रहने नीति विधि भएकाले उहाँले नेतृत्व छोड्नु भएको हो । नयाँ आगामी ४ वर्षको लागि नयाँ नेतृत्व निर्वाचित गरेको छ ।
