चैतन्य बहुमुखी क्याम्पसको ७ औँ क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. मदन काजी मानन्धरको सभापतित्व सम्पन्न भयो । सभाको सञ्चालन सभा सदस्य समेमन्त मणी भण्डारीले गर्नुभएको थियो । क्यापस प्रमुख जुजुभाई मानन्धरले सभामा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । प्रतिवेदनमा क्याम्पसको शैक्षिक प्रगति, भौतिक प्रगति, वित्तिय प्रगती, सामाजिक प्रगति, सवल र दुर्वल पक्ष, चुनौती र समाधानका उपायहरु प्रस्तुत गर्नुको साथै २०८०÷०८१ का नीति तथा कार्यक्रममा बजेट २ करोड ११ लाख ४ हजार २ सय ८ रहेको जानकारी दिनुभएको थियो । बनेपा न.पा ५ का वडाअध्यक्ष वलराम अधिकारी, बनेपा ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, त्रि.वि. प्रतिनिधि प्रा. लक्ष्मी बस्याल, काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद के.सी, त्रि.वि. पूर्व परीक्षा नियन्त्रक दयामान कर्माचार्य, विश्व विद्यालय अनुदान आयोगका पूर्व प्रमुख प्रशासकीय अधिकृत सुवाश चन्द्र ढुंगेलले मन्तव्य राख्नु हुँदै प्रतिवेदन अनुमोदन गर्नु भएको थियो । सभाध्यक्ष डा. मदनकाजी मानन्धरले चैतन्य वहुमुखी क्याम्पस निरन्तर रुपमा गुणस्तरलाई उच्च प्राथमिकता राख्दै सञ्चालनमा रहेको मुनाफा रहित सामुदायिक क्याम्पस भएको चाडो भन्दा चाडो त्तब्ब् प्राप्त गर्न सक्ने बताउनु भयो
