IMG-LOGO

आदर्श साकोसले १३ प्रतिशत लाभांस प्रदान गर्ने भो

 मंगल, असोज २२, २०८१  ---

 

आदर्श बचत तथा ऋण सहकारी संस्था लि बनेपा ७ को १६ औँ वार्षिक साधारण स भा जिल्ला सहकारी संघ काभ्रेका  अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बनेपा पार्टी भेन्यूमा सम्पन्न भाये । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला सहकारी संघका अध्यक्ष पोटेले भन्नुभयो । अहिले विशम परिस्थितिमा रहेका सहकारी संस्थाहरु भनेका नीति, विधि र प्रविधिमा सञ्चालन हुन नसक्नु सञ्चालकहरुले मानोमानी ढङ्गले ऋण परिचालन गर्नेहरु समस्यामा परेको हुँदा राज्यका निकायहरुले गलत गर्नेहरुलाई कानुनी कठाघरमा उभ्याउनु पर्ने बताउनुभयो । संस्थाका उपाध्यक्ष बुद्धरत्न मानन्धरले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा जिल्ला बचत संघ काभ्रेको उपाध्यक्ष निर्मला श्रेष्ठ, सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति काभ्रेका संयोजक रमेश प्रसाद न्यौपाने, मञ्जुश्री साकोसका अध्यक्ष सरण मानन्धर, काठु गणेश साकोसका अध्यक्ष हरिगोपाल मानन्धर लगायतको आतिथ्यता रहेको थियो । संस्थाका सचिव निरञ्जन मानन्धरले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष विकास मानन्धरले आ.व. ०८०÷०८१ को लेखा परिक्षण प्रतिवेदन तथा आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा संयोजक प्रमिश जोशीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । १ हजार ५ सय १ शेयर सदस्यबाट १ करोड ६९ लाख २२ हजार शेयर पूँजी संकलन, ११ करोड २३ लाख ४ हजार ६ सय ७७ बचत संकलन, आ.व. ०८०÷०८१ के अन्त्य सम्ममा ८ करोड ९४ लाख ७० हजार १ सय ८० कर्जा लगानी रहेको जनाएको छ । १ करोड ६४ लाख ५३ हजार ४ सय ३४ आम्दानी गरेको छ । खुदमुनाफा २६ लाख १८ हजार ४ सय ९८ रहेको कुरा संस्थाका प्रवन्धक राकेश मानन्धरले बताउनुभयो । संस्थाले कमाएको नाफाबाट विभिन्न कोषमा छुटाई शेयर सदस्यहरुले गरेको लगानीमा १३ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । संस्थाका प्रवन्धक राकेश मानन्धरले हाम्रो सहकारीले नीति, विधि र प्रविधिको उच्चतम प्रयोग, ऋण असुली, आर्थिक सुसासनमा रहेकोले सहकारीले शेयर सदस्यहरुको मनजित्न सफल भएको बताउनुभयो । संस्थाका अध्यक्ष उमेश मानन्धरले शेयर सदस्यहरुले बृहत्तर आर्थिक हित, उद्यमशिलताको विकास, नियमित बचत कर्ताको २ लाखको दुर्घटना विमा, सदस्यहरु दिवंगत भएमा ५ हजार आर्थिक राहत वितरण गर्दै आएको बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्