IMG-LOGO

उपकार साकोसको नाफा ३४ लाख ४० हजार

 मंगल, असोज २२, २०८१  ---

      बनेपा, उपकार बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १६ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष ढाकुर गौतमको सभापतित्वमा सम्पन्नभयो । संस्थाका सचिव ऋतुपूर्ण श्रेष्ठले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष राजकुमार आचार्यले आ..व. ०८०÷०८१ को लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखासुपरिवेक्षण समितिका संयोजक जयराम थापाले लेखाप्रतिवेदन प्रस्तुत गर्नुृभयो । शेयर सदस्यबाट १ करोड २५ लाख २६ हजार ९ सय शेयर पूँजी संकलन, ६ करोड ४३ लाख ३९ हजार ६ सय ६९,  ८ करोड १ लाख १२ हजार ९ सय ६९ ऋण लगानी गरेर १ करोड ४८ लाख व्याज आम्दानी गरी खर्च गरी आयकर अघिको नाफा ३४ लाख ४० हजार रहेको छ । ३ लाख ४४ हजार आयकरको व्यवस्था गरेको छ । संस्थाका प्रवन्धक नवराज वजगाइले उपकार साकोसले जेष्ठ नागरिक हित कार्यक्रम, स्वास्थ्य संस्थासँग समन्वय गरी गम्भीर रोग उपचार कार्यक्रम, महिला सुत्केरी सदस्यहरुलाई साहायता कार्यक्रम सदस्य मृत्यु राहत कार्यक्रम, रक्तदान जस्ता कार्यक्रम गर्दै आएको बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्