उग्रचण्डी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–४ नालाको २७ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष इन्द्र नारायण श्रेष्ठको सभापतिमा सम्पन्न भयो । बनेपा वडा नं. ४ का अध्यक्ष श्याम सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समारोहमा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष राजकुमार श्रेष्ठले राख्नुभयो । समारोहमा बोल्दै प्रमुख अतिथि बनेपा वडा नं. ४ का वडा अध्यक्ष श्रेष्ठले अधिकांश सहकारी संस्थाहरुमा आर्थिक संकट समस्या देखिएकाले समस्या समाधान, आर्थिक अनुसासन, नियमन र अनुगमनका लागि जिल्ला सहकारी संघ काभ्रे र जिल्ला बचत संघ काभ्रेसँग सवन्वय गरेर सहकारी संघ काभ्रेका कोषाध्यक्ष अर्जुन सापकोटाले सहकारी संस्थाहरुको दिगो विकास, आर्थिक सुशासन, नीति विधि र पद्धतिमा कार्य गर्न ५ वर्षे, १० वर्षे रणनीतिक योजना निर्माण गरी अघि बढ्नु पर्ने बताउनुभयो । जिल्ला बचत संघ काभ्रेका बरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले सहकारी संस्थाहरुमा समस्या देखिए पनि उनीहरुलाई कानुनी दायरामा ल्याई सुधार्ने र बचत कर्ताको बचत फिर्ता गर्ने र व्यवस्थित ढङ्गबाट सञ्चालन भएका सहकारीहरु संस्थाहरुलाई प्रोत्साहित सहकारीको दिगो विकास गर्न तिर ध्यान केन्द्रीत गर्नु पर्ने बताउनुभयो । सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय काभ्रेको संयोजक रमेश प्रसाद न्यौपाने, डायनामिक साकोसका पुरुसोत्तम बजगाई, महादेव खोला ब्रम्हायणी विकास समितिका अध्यक्ष पुरुषोतम सापकोटा लगायतको आतिथ्यता रहेको थियो सचिव संजिव श्रेष्ठले प्रगति तथा भावि कार्य योजना, कोशाध्यक्ष रजिव श्रेष्ठले आ.व . ०८०÷०८१ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा संयोजक निरोज श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ हजार ४ सय ८५ शेयर सदस्यबाट १ करोड ८० लाख २ हजार ६ सय शेयर पूँजी संकलन, १६ करोड १८ लाख ७५ हजार ६ सय २५ कारोवारबाट २ करोड २२ लाख २२ हजार १ सय ७६ आम्दानी गरेको, १ करोड ५७ लाख २३ हजार २ सय १६ खर्च गरी ७० लाख ९८ हजार ९ सय बचत गरी ७ लाख २० हजार १ सय ५ आयकार व्यवस्था गरेर ६३ लाख ७८ हजार ८ सय ४ खुद बचत नाफा कमाउन सकेको कुरा संस्थाका कोषाध्यक्ष रजिव श्रेष्ठले बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष रत्नप्रसाद अन्नामणी श्रेष्ठले सहकारीहरु मार्पmत सांस्कृतिक सम्पदाको संरक्षण गर्न र सामाजिक जागरण ल्याउन सहकारी ऐनमा व्यवस्था गर्नु पर्ने उल्लेख गर्नुभयो । संस्थाका प्रवन्धक हरि सुन्दर श्रेष्ठले सहकारी संस्थाले आर्थिक सुशासन ऐन नियम अनुसार सञ्चालन, आधुनिक प्रविधिको प्रयोग गरी संस्थालाई सञ्चालन गरेको बताउनुभयो । संस्थाले सदस्य मृत्यु राहत ५ हजार, निःशुल्क सुत्केरी शिशु सिहार कार्यक्रममा १ हजार ५ सय प्रदान जस्ता कार्यक्रम गर्दै आएको जनाएको छ ।
