बनेपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं बार्षिक साधारण सभा शनिबार बनेपामा सम्पन्न भएको छ । बागमती प्रदेश सभा सदस्य पूर्व उद्योग रज्य मन्त्री कंचनचन्द्र वादे श्रेष्ठले साधारण सभाको उद्घाटन गर्दै बनेपा साकोसको प्रंशसा गर्नुभयो । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सहकारीको भिडमा बनेपामा विश्वास गर्न लायक सहकारीको रुपमा बनेपा साकोस रहेको भन्दै निर्धक्क भएर बचत तथा ऋण कारोबार गर्न अनुरोध गर्नुभयो ।
सहकारीका अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा सचिव जितेन्द्र नकर्मीले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुविन श्रेष्ठले आर्थिक प्रतिबेदन पेस गर्नुभएको थियो । उपाध्यक्ष रहदेव पोटे श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि लाई सम्मान गरिएको थियो ।
२ हजार २ सय ६० सेयर सदस्य रहेकोे संस्थाको उक्त साधारण सभामा बागमती बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, जिल्ला सहकारी संघको उपाध्यक्ष शान्ति लामा, मिरा सत्याल, जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेका सहसचिव विकास वादे श्रेष्ठ, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो ।
संस्थाका निवर्तमान अध्यक्ष अमन पोटे श्रेष्ठ, जिल्ला सहकारी संघ काभ्रेको अध्यक्ष भएकोमा उहाँ लागायत सम्पूर्ण टिमलाई बधाई सहित सम्मान गरिएको थियो । २ करोड ३२ लाख ७२ हजार ६ सय शेयर पूँजी संकलन गरेको छ । त्यस्तै गरी ऋण लगानीबाट ३ करोड ४० लाख ३२ हजार ६ सय ४३ व्याज आम्दानी गरेको छ । उक्त साधारण सभाले अध्यक्षमा रहदेव पोटे, उपाध्यक्ष पदमा सुन्दर श्रेष्ठ, सचिव जितेन्द्र नकर्मी, कोषाध्यक्ष सुविन मानन्धर, सदस्यहरु शर्मीला मल्ली, लक्ष्मी नारायण श्रेष्ठ र अशोक बादेलाई निर्वाचित गरेको छ ।
त्यस्तै गरी जगदिप पलाञ्चोकेको संयोजकत्वमा ओमकाजी प्रजापती र रुपेन्द्र शाक्य रहेको लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ । यस वर्षको उत्कृष्ट कर्मचारीमा सविना रानामगर सम्मानित हुनुभएको छ । जेष्ठ नागरिक, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, लघु उद्योमीलाई सम्मान गरिएको थियो ।
