IMG-LOGO

संकट ग्रस्त क्षेत्र घोषणा नगरेको भन्दै खानीखोला गाउँपालिकाको ज्ञापन पत्र

 मंगल, असोज २२, २०८१  ---

       गत असोज १० गते देखि १२ गते सम्म परेको अविरल वर्षातको कारण बाढी पहिरो गइ दशैभरी क्षति पु¥याएकोमा नेपाल सरकार मन्त्रिपरिषदको गत असोज १८ गते बसेको बैठकले १४ जिल्लाका ४१ वटा स्थानीयहरुलाई विपद् संकट ग्रस्त घोषणा गरेका छ । ४१ वटा स्थानीय तहलाई विपद् संकट ग्रस्त क्षेत्र घोषणा हुँदा काभ्रेका ८ स्थानीय तह पर्नु र खानीखोला गाउँपालिका नपर्नुमा त्रुटी पूर्ण भयो भन्दै गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ्ले जिल्ला प्रशासन कार्यालय काभ्रे धुलिखेल मार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गराएको छ । गाउँपालिकामा बागमती नदिले बगाएर र पहिरोले पुरिएर २ जनाको मृत्यु हुनुका साथै ३८ जनाको पूर्णक्षति, ५० घर आंक्षिक क्षति, ४० वटा गोठ क्षति, खानेपानी ३० वटा, ३ हजार रोपनी खेत १ हजार रोपनी बारी लघु जलविद्युत ७ वटा क्षति र ३ सय किमी सडक समेत क्षति भएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्