गृहमन्त्री रमेश लेखक काभ्रेको बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा जानुभएको हो । गृहमन्त्री लेखक हिजो पनौती नगरपालिका–१२, बेथानचोक गाउँपालिका–४ लगायतका क्षेत्रको बस्तुस्थिति बुभ्mनुभयो । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले राहत वितरणका साथै सडकको अवरोध हटाउने, खानेपानी, विद्युत लगायतका आधारभूत सेवा सञ्चालन गर्ने बताउनु भयो । लगत्तै पुनर्स्थापना तथा पुनर्निर्माणमा जु्ट्ने उल्येख गर्नुभयो । उनले स्थानीय जनप्रतिनिधिहरुलाई पूर्ण रुपमा क्षतिग्रस्त भएका घरहरुको लाभग्राही पहिचान गरेर पठाउन आग्रह गर्नुभयो । ‘यसरी आएको ३ दिनभित्र अस्थायी आवास बनाउन पहिलो किस्ता पठाउँछौं भन्नुभयो ।
